इलामको सुलुबुङ पुगेर दुर्गा प्रसाईंले भने, ‘हाम्रो अभियानले धर्म, संस्कृति र राष्ट्र बचाउँछ’

द्वारा प्रकाशित गरिएको हो |
२०८० पुष २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम– झापाका मेडिकल व्यवसायी तथा चर्चित अभियन्ता दुर्गा प्रसाई आज ९मंगलबार० इलामको सन्दकपुर गाउँपालिका–३, सुुलुबुङ आएका छन् ।

गरिब किसानले लघुवित्त वित्तीय संस्थाबाट लिएको २० लाख रुपैयाँभन्दा मुनिको ऋण मिनाहा गराएरै छाड्ने उनले दाबी गरे ।

बाहिरिने युवाको संख्या धेरै भएकाले अलि समयपछि नेपालमा युवा देख्न नपाइनेमा उनले चिन्ता व्यक्त गरे । ‘मेरो अस्पतालमा बाबु(आमा बिरामी भएर मर्दा शव लिन आउने छोरा–छोरी छैनन्,’ उनले भने, ‘मैले सधैं तथ्य बोलिरहेको छु, नेताले देश सुधार्दैनन् ।’

उनले आफूले चालिरहेको अभियानले धर्म, संस्कृति, राष्ट्र बचाउने बताए । नेता र कार्यकर्ता दलको अन्धभक्तमात्रै भएकाले आफूलाई नेपाली भन्ने चाहिँ बिर्सिएको बताए । ‘अहिले गाउँको कृषि उत्पादन बिक्दैन, धेरै जनता दास हुनुपरेको छ,’ उनले भने, ‘लघुवित्तमा पनि नेताहरूको सेयर भएकाले जताबाट पनि जनता नै ठगिँदैछन् ।’

यहाँस्थित अत्रेश्वर शिव मन्दिरमा २५ देखि ३० लाख रुपैयाँ पर्ने मूर्ति प्रदान गर्ने घोषणा गरेका छन् । हालै निर्मित मन्दिर आउँदो शिवरात्रिमा उद्घाटन गर्ने योजना रहेको निर्माण समिति सचिव गोपाल खतिवडाले  जानकारी दिए ।

प्रसाईले आफूले झुट नबोल्ने भन्दै ठूला दलका नेताहरुप्रति आफूले गरेको भविष्यवाणी पूरा हुँदैगएको दाबी पनि गरे ।

त्यस अवसरमा रंगकर्मी माधव कल्पितसमेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय