अनेरास्ववियु इलामले शुरु गर्यो न्यानो बाँडौं नामको क्लोथ बैंङ्क

द्वारा प्रकाशित गरिएको हो |
२०८० पुष २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामःअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० जिल्ला कमिटी इलामले न्यानो बाँडौं नामको क्लोथ बैंङ्क शुरु गरेको छ ।
विशेष गरी जाडोयाम भर सञ्चालनहुने यस अभियानमा हालसम्म ३० भन्दा बढि दाताहरुले सहयोग गर्न उत्सुक भई सम्पर्कमा रहेको आयोजक संस्थाका अध्यक्ष सचिनजंग रायमाझीले बताए ।

अभियानमा सहयोग गर्ने दाताहरुले सहयोग गर्नुभएको सबै विवरण दैनिक सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक गर्ने समेत बताए । उनले आफूहरुले सञ्चालन गरेको यो अभियाननिस्वार्थ सामाजिक सेवाभएकाले सहकार्य गर्न चाहने अन्य संस्थाका लागि पनि खूल्ला हृदयका साथ सहकार्य गर्ने बताए । यसका साथै यस अभियानमा हातेमालो गर्न समेत आह्वान गरे ।

विद्यार्थीहरुलाई केन्द्रित गर्दै शुरु भएको यस अभियानले सूरुवाती चरणमा भने विषेश क्षमताका विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयहरुमा लक्षितगर्ने अनेरास्ववियु जिल्ला कमिटी सह सचिव विशाल कार्कीले बताए ।

जिल्लाको अवस्था हेर्दा हाम्रो जिल्ला मध्यपहाडी जिल्ला भएकाले जाडो याममा अत्यन्तै चिसो हुने क्षेत्रहरु छन् उनले भने, जिल्लामा भएका उच्च भूभागमा हिँउदमा बाहेक पनि चिसो नै हुन्छ र हिँउदमा हिँउ र टुसारो नियमित पर्ने स्थानहरु भएकाले प्राथमिकतामा विद्यार्थीहरुबाटै शुरु गरिएको हो ।

विशेष गरी जाडो मौसममा सञ्चालन हुने यस अभियानमा ३० जना भन्दा बढि दाताहरुले सहयोग गर्न बचन दिईसकेको उत्सुक भई सम्पर्कमा रहेअध्यक्ष रायमाझीले बताए ।

अभियानमा सहयोग गर्ने दाताहरुले सहयोग गर्नुभएको सबै विवरण दैनिक सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिकगर्ने समेत बताए । उनले आफूहरुले सञ्चालन गरेको यो अभियाननिस्वार्थ सामाजिक सेवा भएकाले सहकार्य गर्न चाहने अन्य संस्थाका लागि हातेमालो गर्न समेत आह्वान गरे । sandakpur

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय