इलामः आगामी माघ ६ गतेदेखि इलाम सदरमुकाममा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएसँगै खेलतालिका सार्वजनिक गरिएको छ ।
आयोजक रेड हर्ष फुटबल क्लबले ठूलो टुँडिखेलमा पत्रकार भेटघाट गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पत्रकार भेटघाटमा आयोजकले खेल तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगितामा एक विदेशी टिमसहित आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लब न्युरो टिम ९एनआरटी० काठमाडौँसहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक रेड हर्ष फुटबल क्लब र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ सहभागी हुनेछन् ।
प्रतियोगिताको फाइनल माघ १३ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद रु ५ लाख र उपबिजेताले रु ३ लाख पाउने जनाइएको छ। यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डर र उदीयमान खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । अनलाईन रेडियो नेपाल