छहारी फाउण्डेशनले गर्यो पाथीभरा मन्दिर परिसर सरसफाई

द्वारा प्रकाशित गरिएको हो |
२०८० पुष २७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलामको रोङ गाउँपालिका ३ कुटीडाँडामा रहेका पाथिभरा मन्दिर परिसरमा शुक्रबार सरसफाई कार्यक्रम गरिएको छ ।
छहारी फाउण्डेशन नेपालको आयोजनामा पाथीभरा मन्दिर परिसर र पाथीभरा जाने सीडीमा सरसफाई गरीएको हो । छहारी फाउण्डेशन नेपालको आयोजना तथा रोङ गाउँपालिका , शसस्त्र प्रहरी बल आईतबारे बेस क्याम्प र हर्कटे प्रहरी चौकीको सहयोगमा मन्दिर परिसरमा रहेका प्लाष्टिक, पानीका बोतल , प्लाष्टिक जन्य सामग्री संकलन गरीएको संस्थाका अध्यक्ष यमन लामाले जानकारी दिन भयो ।

गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासले झाडु लगाए कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । उहाले पाथीभरा मन्दिर परिसरलाई सधै सफा र ब्यवस्थित राख्नका लागि गाउँपालिकाले पहल गरीरहेको जानकारी दिनु भयो । मन्दिर परिसरमा आगन्तुक र भक्तजनले लगेका प्लाष्टिक जन्य सामग्रीले बढी फोहोर हुने गरेको छ । संस्थाले माघ १ गते माईजोगमाई र इलाम नगरपालिकाको संगम स्थल माइबेनी दोभानमा स्वाथ्य शिविर संचालन गर्ने भएको छ ।

मन्दिर परिसरमा गाउँपालिकाले टहरा निर्माण गरी साना ब्यवसायीलाई ब्यवस्थित गरेको छ । रोङ गाउँपालिकाले मन्दिरलाई आफनो स्वामित्वमा ल्याएपछि मासिक १२ देखि २० लाख सम्म आम्दानी गर्दै आएको पाथीभरा संरक्षण तथा ब्यवस्थापन बिकास समितिका सचिव एघा अर्यालले जानकारी दिनु भयो । समितिले मंसिरमा २० लाख रुपियाँ आम्दानी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय