बेवारिसे अवस्थामा भेटिएको शिशुलाई इलाम अस्पतालमा राखियो

द्वारा प्रकाशित गरिएको हो |
२०८० पुष २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः माईजोगमाई गाउँपालिका–३ स्थित गुप्तीमा पुस २६ गते बेवारिसे अवस्थामा फेला पारिएको शिशुलाई इलाम अस्पतालमा राखिएको छ । माईजोगमाई ३ स्थित ओडारेमा फेला पारिएको बच्चाको स्वास्थ्य परीक्षणका लागि इलाम अस्पतालमा राखिएको हो । बिहीबार साँझ फेला परेको बच्चालाई उद्धार गरेर शुक्रवार इलाम अस्पतालमा राखिएको हो ।

जन्मिएकै ३।४ दिनको जस्तो देखिने बच्चालाई कपडा समेत लगाइदिएर कसैले जङ्गलमा छोडेको थियो । बच्चा सहित बट्टामा दूध समेत नजिकै राखिएको अवस्थामा फेला पारिएपछि उद्धार गरेर एक स्थानीयको घरमा राखिएको थियो ।

चिसोका कारण नानीको स्वास्थ्य अवस्थामा समस्या आउने भएकाले पनि अस्पतालमा राखिएको बताइएको छ । बच्चा छोड्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

गुप्तीस्थित मुख्य सडकदेखि करिब १ किलोमिटर मुनी ढुङ्गाको ओढारमा बेवारिसे अवस्थामा नवजात शिशु स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले नवजात शिशु बालक रहेको बताउनुभयो ।

कसले बच्चा जन्माएर के उद्धेश्यले फालेको हो भन्ने कुरो पत्ता नलागेको र घटनाका सम्बन्धमा अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ ।
अन्दाजी ५ बजे घाँस दाउरा गर्न जङ्गल गएका बेला नानी रोएको आवाज सुनेपछी ओढारा बच्चा फेला पारिएको स्थानिय होम बहादुर राना र आशिष देवानले बताउनुभएको छ ।

‘उहाँहरुले खबर गर्नुभएपछि प्रहरी र जनप्रतिनिधिको टोलि पुगेर नानिलाई गाउमा ल्याएर राख्यौँ ।’ वडाध्यक्ष राम घिमिरेले बताउनुभयो ।

शिशु जन्मेको ३ देखि ४ दिन जति भएको चिकित्सकले बताएका छन् । पुस २६ गते स्थानीय पुर्ण बहादुर मगरको घरमा राखेर सेकताप तथा गाईको दुध पिलाएर राखिएको शिशुलाई पुस २७ गते जिल्ला लगिएको प्रहरीले जानकारी दिएको छ । सुत्राधारको सहयोगमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय