गाउँको बिचमा आस्थाको धरोहरः हरेक बर्ष लाग्छ देवी पूजा

द्वारा प्रकाशित गरिएको हो |
२०८० माघ ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामः इलामको सूर्योदय नगरपालिका–१ मकरजुङस्थित श्री सिंह बाहिनी देवी मन्दिरमा हरेक बर्ष पूजा लाग्दै आएको छ । धार्मिक आस्थाको धरोहर मानिएको उक्त मन्दिरमा गाउँलेले श्रद्धाभक्ति पुर्वक देवी पूजा लगाउँदै आएको बर्षौँ बित्यो ।

मनोकामना पुरा हुने विश्वासका कारण विभिन्न क्षेत्रबाट भक्तजन यहाँ आउने गरेका छन् । मन्दिर स्थापनाको यकिन मिति पत्ता लगाउन मुस्किल भएपनि परापुर्व कालदेखि गाउँलेले आदरभाव ब्यक्त गर्दै दैविक शक्तिको विश्वास राख्दै आएका हुन् ।

अघिल्लो पुस्ताले सामान्य घेराबारा गरेर मन्दिरको स्वरुप तयार गरेपनि नयाँपुस्ताको सकृयतामा हाल मन्दिर परिसर ब्यवस्थित बन्दै गएको छ । मुलुकमा संघियता आएपछि सरकारको नजर यस मन्दिरमा पर्यो ।

आर्थिक बर्ष २०७२÷७३ मा २ लाख बजेट पाएर उपभोक्ता समिति मार्फत कामको शुरुवात भएको थियो । हालसम्म करिब २१ लाख लागतमा नौ कोणको मन्दिर परिसर निर्माण र दुई तले पक्कि भवन तयार भएको मन्दिर सञ्चालक समितका अध्यक्ष जिवन पोख्रेलले जानकारी दिनुभएको छ ।

पोख्रेलका अनुसार, यस आर्थिक बर्षमा संस्कृति तथा पर्यटन मन्त्रालयको करिब ११ लाख बजेट आएर काम सम्पन्न भएको छ । स्थानिय सुबास सापकोटाको पहलमा मन्त्रालयको बजेट परेको भन्दै अध्यक्ष पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “मन्दिर प्रति युवापुस्ताको समेत लगाभ पाईएको छ । सरकारले सहयोग गरेको बेला सबैको सहभागितामा भौतिक संरचना ब्यवस्थित गर्न सके अन्य धार्मिक तथा सामाजिक कामका लागि समेत भवन उपयोगि बन्नेछ ।”

सदाको बर्ष जस्तै यसपटक पनि पूजा

प्रत्येक बर्ष पुजा आयोजक समिति नै तयार गरि शान्तिको कामनामा देवीको पूजा लगाईँदै आएको हो । यसपटक गोपाल प्रसाद सापकाटाको अध्यक्षतामा गठित समितिले पुजा सम्पन्न गरेको छ ।

मकर्जुङ्ग सहित धाप,धजे,गोर्खे,पान्दाम,प्रमेजुङ,लब्सिबोटे,फिक्कल लगायतका क्षेत्रबाट करिब पाँच सय बराबर भक्तजनको उपस्थितिमा सम्पन्न पूजाका लागि गाउँलेले आर्थिक सहयोग गरेका थिए ।

पन्डित अनन्त शरण पौड्याल,पुरोहित मित्रभक्त सापकोटा संगै सिद्धेश्वर गुरुकुल सूर्योदय ३ रुङसुङका विद्यार्थीहरुको सहभागितामा विधिवत पूजापाठ सम्पन्न भएको थियो ।

पुजा आयोजक समितिका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको औपचारीक कार्यक्रममा निर्माण ब्यवसायी पुन्य कुमार मुखियालाई सम्मान गरिएको छ ।

सूर्योदय ९ का मुखियाले ठेक्का प्रकृया मार्फत निर्माण गरेको मन्दिर गुणस्तरीय भएको भन्दै पुजाको अवसरमा उहाँलाई सम्मान गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्री कृष्ण प्रणामी यूवा परिषदका केन्द्रिय सल्लाहकार कृष्ण प्रसाद सुवेदीले मन्दिरको संरक्षण,संवर्धन र ब्यव्स्थापन राम्रो देखिएको भन्दै तीन तहका सरकारको नजर यस क्षेत्रमा पर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा श्री हिमालय मावि गोर्खेका प्रधानाध्यापक कुल बहादुर इम्संग, कुल प्रसाद ढकाल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।  सूर्योदय सामाजिक प्रतिष्ठानका केदार अर्याल,प्रहरी चौकी गोर्खेका इन्चार्ज प्रकाश कार्की,मायृजोगमाईका समाजसेवी मित्र सुवेदी,ज्येष्ठ नागरिकहरु लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय