जनतासंगै रमाउने संघीय सांसद बस्नेत

द्वारा प्रकाशित गरिएको हो |
२०८० माघ १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलाममा जारी इलाम गोल्डकपको दोस्रो सेमिफाइनलमा बिहीबार इलामको ठूलो टुँडिखेलमा दर्शकसँगै प्यारापिटमा बसेर खेल हेर्दै प्रतिनिधिसभा सदस्य इलाम क्षेत्र नम्बर १ का महेश बस्नेत (क्याप र कालो चस्मामा) । बस्नेत इलामको प्रतिष्ठित माइभ्याली स्पोर्टिङ क्लबका पूर्वअध्यक्ष र पुराना कुशल फुटबल खेलाडी पनि हुन् । पद र ओहदामा पुगेकालाई ठुलो मञ्चमा आसिन हुनुपर्ने मानसिक्ताले मुलुकमा जरा गाडेका बेला बस्नेत भने जनतासंगै रमाउने गर्छन् । उनि प्रतिनिधिसभामा निर्वाचित भएपछि पनि राजधानी कम गृह जिल्लाका जनताको घरआगनमा बढी समय बिताउने गरेका छन् । जनताको समस्या,अभाव र दुःखमा सहानुुभुति लिएर, समस्या निराकरणको समाधान दिन उनको उपस्थिति अर्थपुर्ण हुँदै आएको छ । जिम्मेवारी,पद र प्रतिष्ठा मात्र होईन बस्नेतले इलामे जनताको मन पनि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय