बिक्रम सुन्दास,फिक्कलः इलामको माईजोगमाइ गाउँपालिका(२ जोगमाईको कालाखोप चियाबगान नजिकै महाविर फुस्रे खोला पाञ्चायन देवस्थल तथा गोपिनी गुफाको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष कुसबहादुर थेवे र उपाध्यक्ष प्रविना राइले संयुक्त रूपमा देवास्थलमा दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको हो । पाञ्चायन देवस्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि थेवेले पालिकाले टुरिजम एप निर्माण गर्दै गरेकोले त्यस एपमा यस देवास्थलपनि राखिने बताउनुभयो। उहाँले पालिकाले सिमित स्रोत साधनको उपयोग गर्दै चौतर्फी आवश्यकता पुर्ति गर्नु पर्ने भएकाले इच्छाएको काम एकैपटक गर्न नसकिने बताउनुभयो । पालिकाले वडाहरुमा आलोपालोमा विकास गर्दै जाने बताउनुभएका छ ।
यस्तै विशेष अतिथि राईले आफुले भोट माग्दै गर्दा गरेका बाचा नभुली क्रमश प्रकृयागत रूपमा काम गर्दै गएको बताउनु भयो । कुनै पनि काम गर्नलाई कागजी प्रक्रियामा जानु पर्ने भएकाले भनेजति काम गर्न नसकोको स्वीकार गर्नु भयो । उहाँले संचारमाध्यमका सबै लेख सुचना समाचार सत्य नहुने हुँदा तथ्य कुरामा प्रस्ट हुन समेत आम नागरिकमा अनुरोध गर्नु भयो । सकारात्मक कुरामा प्रचारबाजी गर्नु पर्ने भन्दै धार्मिक ,साँस्कृतिक,पर्यटकिय स्थलहरूको खोज अनुसन्धान गरि प्रचारप्रसार गर्न लाग्नु पर्ने बताउनु भयो । विगत दुई बर्ष अघिदेखि स्थानिय दिलबहादुर सुबेदी दिनेशले देवास्थालको संरक्षण गर्नमा पहल गरि उहाँकै अध्यक्षतामा संरक्षण समिति निर्माण गरि देवास्थलको उत्थान, संरक्षण, धार्मिक पर्यटनको निमित्त प्रचार प्रसार गर्दै आउनुभएको थियो । उहाँले सपनामा आफुलाई देखाएको र त्यस ठाउँमा पुगी हेर्दा विभिन्न देवीदेवताको तस्वीर ढुंगामा पाएपछि यस्को संरक्षण गर्न थालिएको बताउनु भयो ।
आफुले औँसी र पुर्णिमा संधै पुजापाठ गर्दै आएको र विभिन्न धर्म गुरु लामा गुरूहरूलाइ देखाउने सुनाउने गर्दा यसप्रति उहाँहरूले संरक्षण गर्न सुझाव संगै साथ दिएकोले यस्को दिगो बिकासको लागि कार्यक्रम गरी उद्घाटन गर्न सफल भएको बताउनु भयो । कार्यक्रममा नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष विजय खम्बु ,राट्रिय किसान संघ कोशी प्रदेश अध्यक्ष कुसुम दाहाल,समाजसेवी हर्कसिङ्ग राई लगायतले आफ्ना भनाइ राख्नु भएको थियो । देवास्थलमा लामा गुरु, पण्डित गुरुहरुबाट विधिवत रुपमा पुजापाठ गरीएको थियो भने ३ सय बढी भक्तजनहरुको उपस्थित रहेको थियो । माइजोगमाइ अहिले पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ । विश्वमै दुर्लभ रेडपान्डा, काडे भ्याकुर ,औषधीय गुण भएको बहुमुल्य केसर खेती, बौद्धधर्मावम्विको आस्थाको केन्द्र सांङघेछोइलिङ्ग गुम्बा, स्वच्छ र रमणिय वातावरणले भरिपुर्ण रहेको छ ।कालिखोप चिवाबगान मुनि पाञ्चायन देवस्थल तथा गोपिनी गुफाको प्रचारप्रसार र सरकारले चासो दिएर, सडक, बिजुली र देवस्थान आसपासको ब्यवस्थित गर्न सके धेरै सम्भावना बोकेको छ ।