सूर्योदय नगरपालिकामा आज शोक बिदा

द्वारा प्रकाशित गरिएको हो |
२०८० माघ १८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः सूर्योदय नगरपालिकाले आज (बिहिबार)शोक बिदा दिएको छ । नगरपालिकाको सब–ईन्जिनियर (सहायकस्तर पाँचौँ) पदमा कार्यरत डिल्लीराम सुवेदीको उपचारको क्रममा माघ १७ गते निधन भएको भन्दै पालिकाले आज शोक बिदा दिएको छ ।

नगरपालिका अन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्यसंस्थाहरु र शिक्षण संस्थाहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने जनाईएको छ । कार्यबहाक नगर प्रमुख स्तरीय निर्णयले बिदा दिएको प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराई द्धारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।

मृतक सुवेदीको भारतको दिल्लिस्थित म्याक्स अस्पतालमा उपचारको क्रममा माघ १७ गते निधन भएको थियो । शवको आज दिउँसो एक बजे सूर्योदय नगरपालिका १ स्थित साँघुबेसी घाटमा अन्त्येष्ट गरिने परिवारजनले जानaकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय