पार्टीमा योगदान पुर्याएकालाई कांग्रेस सूर्योदय–१ को सम्मान

द्वारा प्रकाशित गरिएको हो |
२०८० फाल्गुन ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः नेपाली कांग्रेस सूर्योदय नगरपालिका–१ ले पार्टीमा लामो समय योगदान पुर्याएका तीनजनालाई सम्मान गरेको छ ।  मकरजुङको सार्वजनिक भवनमा एक कार्यक्रमको आयोजना गर्दै कांग्रेसले दुईजना स्व। नेताहरुलाई मरणोपरान्त र एकजना अग्रजलाई समबेत गरेर तीनजनालाई सम्मान गरेको पार्टी वडा समिति सचिव रमेश सापकोटाले जानकारी दिनुभएको छ ।

साविक गोर्खे गा।बि।स– ६ निवासी स्व। मेजर छत्रमान राईले तीन बर्ष जेल र छ बर्ष प्रवासी जिवन विताएर पार्टीको लडाकु कमाण्डरका रुपमा योगदान गर्नुभएको भन्दै पार्टीले सम्मान गरेको छ । स्व। राईको सम्मानपत्र उहाँकी बुहारी मिना राईलाई हस्तान्तरण गरिएको सचिव सापकोटाले बताउनुभयो । त्यसैगरी दुई बर्ष जेल र छ बर्ष प्रवास जिवन बिताएका साबिक गोर्खे गा।बि।स–६ का लडाकु कमाण्डर स्व।जमान सिंह राईको योगदानको पार्टीले कदर गरेको छ । उहाँको सम्मानपत्र नाती सुमन राईले ग्रहण गर्नुभएको थियो । कांग्रेसको सुचना आदानप्रदानमा महत्वपूर्ण भुमिका निभाएर स्थानीय केशर बहादुर थापाले तीन महिना जेल र दुई बर्ष प्रवास जीवन समेत बिताएको भन्दै सम्मान गरिएको हो ।
कांगेस वडा सभापति अर्जुन कुमार भट्टराईको अध्यक्षता एवं महासमिति सदस्य तोयानाथ भट्टराईको पमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला कार्य समिति सदस्य एवम् नगर उपप्रुमख दुर्गाकुमार बराल, महादिवेशन प्रतिनिधि हरि लुईटेल, नेपाली कांग्रेस नगर सभापति जिवन कुमार नेपाल, इलाम क्षेत्र नं १ का सचिव तथा वडाध्यक्ष राजकुमार शेरेङ वडा ७ अध्यक्ष लोक बहादुर चाम्लिङ, पूर्व क्षेत्रिय सभापति उवंम क्षेत्र नं १ सदस्य भिष्म प्रधान, पूर्व महासमिति सदस्य गणेशमान बेगा कांग्रेस नगर उपसभापति रमेश प्रधान,निर्मला कट्टेल अग्रवाल, नगर सदस्य लेखनाथ खड्का, लोकतान्त्रिक आदिवासी जनजाती महासंघ प्रदेश ख अध्यक्ष राकेश देवान नगर सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरुले अग्रजको योगदान र बलिदानका कारण प्राप्त प्रजातन्त्रको सम्मान र उपलब्धिको सबै मिलेर रक्षा गर्नुपर्ने धारणा राखेका छन् । कांग्रेस सूर्योदय–१ का उपसभापति डिक बहादुर मगरले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको औचित्य नगर सदस्य कृष्ण बजगाईले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय