सुरु भयो मुक्ति समाज इलामको कार्यकर्ता प्रशिक्षण

द्वारा प्रकाशित गरिएको हो |
२०८० फाल्गुन १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम– नेपाल उत्पीडित जातीय मुक्ति समाज इलाम जिल्ला कमिटीको आयोजना तथा नेकपा ९एमाले० इलामको समन्वयमा दुई दिने कार्यकर्ता प्रशिक्षण सुरु भएको छ ।

एमाले जिल्ला कमिटी अध्यक्ष महेश बस्नेत, समाजका केन्दीय उपाध्यक्ष अनुभूतिबम नेपाली, जिल्ला कमिटी सदस्य तथा फाँट इन्चार्ज मनकुमार बराइलीलगायतले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा संगठनको केन्दीय कमिटी, प्रदेश कमिटी, पालिका कमिटी तथा अन्य कार्यकर्ता गरी ७० जनाको उपस्थिति छ ।

कार्यक्रम केन्दीय उपाध्यक्ष नेपालीको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष याम रसाइलीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय