दलित समुदायको उत्थानमा योगदान गर्ने इलामका ११ व्यक्तित्व सम्मानित

द्वारा प्रकाशित गरिएको हो |
२०८० फाल्गुन १८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

योगेन्द्र शंकर, इलाम– नेपाल उत्पीडित जातीय मुक्ति समाज इलाम जिल्ला कमिटीले दलित समुदायको उत्थान र संरक्षणका लागि योगदान गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।

‘समाजमा सबै सराबरी, मान्छे बराबरी–टार्गेट कन्भर्सन २०८०’ अन्तर्गत चलिरहेको सयदिने अभियानमा इलाम जिल्ला कमिटीले ११ जनालाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा नेकपा ९एमाले० जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेत पनि छन् ।

बस्नेतले स्थानीय तह निर्वाचनमा पार्टीबाट दलित समुदायका उम्मेदवार छान्ने प्रारम्भिक अधिकार मुक्ति समाजलाई नै दिनेगरी पार्टीमा निर्णय गराएको, इलाम नगरपालिकाको प्रमुख हुँदा भूमिहीन दलित समुदायको उत्थानमा विशेष योगदान गरेको र संघीय सांसद हुँदा पनि दलित समुदायप्रति महत्वपूर्ण सहयोग गरिरहेको समाजका जिल्ला अध्यक्ष याम रसाइलीले बताए ।

समाजले दलित समुदायको अधिकार र न्यायका लागि अगुवाका रूपमा रहेर योगदान गर्ने इलामस्थित समाजका पूर्वअध्यक्षहरू छत्र बराइली, विन्दु लाम्गाधे विश्वकर्मा, भक्तराज लाम्गाधे, डम्बर पहाडी र बृहस्पति उपरकुटीलाई पनि सम्मान गरेको छ ।

यस्तै, समाजमा दलित समुदायका लागि महत्वपूर्ण सहयोग गर्ने यही समुदायका ज्येष्ठ नागरिकहरू बलबहादुर बराइली ९देउमाई १०, जसमान लुहार ९इलाम ८०, थिरबहादुर बराइली ९फाकफोकथुम ७०, धनबहादुर नेपाली ९फाकफोकथुम ४०, हर्कमान विश्वकर्मा ९इलाम ५० र शेरबहादुर मग्राती ९इलाम ९० लाई पनि सम्मान गरेको समाजले जनाएको छ ।

 

समाजका केन्द्रीय अध्यक्ष मनोहर पौडेल विश्वकर्मा र केन्द्रीय सचिव तथा झापा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख सोमनाथ पोर्तेलले उनीहरूलाई सम्मानपत्र र दोसल्ला प्रदान गरे ।

समाजको दुईदिने कार्यकर्ता प्रशिक्षण समापन अवसरमा उनीहरूलाई सम्मान गरिएको हो । समापन कार्यक्रममा समाजका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी तथा सदस्य, जनसंगठनका प्रमुख(प्रतिनिधि र दलित अधिकारका लागि क्रियाशीलको सहभागिता थियो ।

समाजका केन्द्रीय अध्यक्ष मनोहर पौडेल विश्वकर्मा, उपाध्यक्ष अनुभूतिबम नेपाली, सचिव सोमनाथ पोर्तेल, पार्टी जिल्ला अध्यक्ष बस्नेत, डा।देवी क्षेत्री दुलाल, देवेन्द्र विश्वकर्मा र मनकुमार बराइलीले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा एमालेबाट निर्वाचित जनप्रतिनिधिसहित ७० जनाभन्दा बढीको सहभागिता थियो । समापन अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय