इलाम,२६फागुनः सूर्योदय नगरपालिका–२ पशुपतिनगरमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य माननीय महेश बस्नेतको समन्वय र वडा नं २ को आयोजनामा शिविर सञ्चालन गरिएको वडाध्यक्ष डिक बम्जनले जानकारी दिनुभएको छ । शिविरमा वडा नं २ र ३ का दुर्ई सय ३५ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । दन्त,स्त्री,आँखा,जनरल फिजिसियन,पाठेघरको मुखको क्यान्सरको परिक्षण,गर्भवती महिलाको भिडियो एक्स–रे परिक्षण गरिएको थियो । साथै बिरामीलाई औषधि समेत वितरण गरिएको छ ।
वडाध्यक्ष बम्जनका अनुसार, दन्त रोग सम्बन्धि डा.मोना बस्नेत,डा.उज्ज्वल मेहता ,डा.निरन्जन मिश्र, स्त्री रोग सम्बन्धि डा.प्रभु शाह,जनरल फिजिसियन सम्बन्धि डा.डालिम काफ्ले,आँखा रोग सम्बन्धि बिर्तामोड आँखा अस्पताल चारपानेका विशेषज्ञ डाक्टरहरु डा.राजक खान,पाठेघरको क्यान्सर तथा गर्भवती जाँच सम्बन्धि सिनियर ए. एन. एम सुनिता बस्नेतले बिरामीहरुलाई परिक्षण गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख आतिथि संघिय सांसद बस्नेतले समयसमयमा स्वास्थ्य चेकजाँज र परिक्षण गराउन आवश्यक भएको बताउँदै नागरिकको स्वास्थ्य संवेदशिलतामा ध्यान पुर्याउन सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले हरेक वडाका नागरिकको स्वास्थ्य परिक्षण गरेर रोगको पहिचान र उपचारमा नागरीकलाई सघाउ पुर्याउन नजिकैको सरकार थप जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । जनताको स्वास्थ्यप्रति आफु संधै सचेत र संवेदनशील रहने उहाँले बताउनुभयो ।
उहाँले शिविर सञ्चालन गर्न सहयोग गर्नुहुने इलाम अस्पताल, औषधि व्यवसायी संघ इलामका अध्यक्ष वासु घिमिरे,उपाध्यक्ष राजु बराल,विनोद थापा,बिर्तामोड आँखा अस्पताल चारपाने,इलाम सामुदायिक आँखा अस्पतालको सहयोगलाई धन्यवाद दिनुभएको छ । शिबिर वडाध्यक्ष डिक बम्जनको अध्यक्षतामा सम्पन्न भएको थियो ।