इलाम २ उपनिर्वाचनमा एमालेले अघि सार्यो सुहाङलाई

द्वारा प्रकाशित गरिएको हो |
२०८० चैत्र ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम– आउँदो वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज ९आइतबार० बसेको पार्टीको केन्द्रीय सचिवालयको ३०औं बैठकले सुहाङलाई उम्मेदवार छानेको पार्टी नेता प्रदीप ज्ञवालीले बताए । सुहाङले पनि आफूलाई उम्मेदवारमा निर्णय गरेको जानकारी आएको बताए । अहिले भर्खरै मेरो नाममा निर्णय भएको जानकारी केन्द्रबाट आएको छ,ु उनले भने ।

सुहाङ दिवंगत नेता सुवासचन्द्र नेम्बाङका कान्छा छोरा हुन् । गत भदौ २६ सुवासको निधन भएपछि उनले चुनाव जितेको इलाम क्षेत्र २ रिक्त छ । एमाले जिल्ला कमिटीले चैत ५ मा सुहाङसहित छ जनाको नाम केन्द्रका उम्मेदवारका लागि सिफारिस गरेको थियो ।

छ जनाले इच्छा देखाएपछि सहमति हुन नसक्दा एमालेले सुहाङ, रवीन्द्र सुवेदी, डा।देवी क्षेत्री दुलाल, बुद्धिप्रसाद खनाल, नरेन्द्रनाथ भट्टराई र रिप्पल राईको नाम केन्द्रमा पठाएको थियो ।

नेपाली कांग्रेसले यो क्षेत्रबाट भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राईको नाम प्रदेश समितिमा सिफारिस गरी पठाएको छ । अन्य दल उम्मेदवार सिफारिसका लागि छलफल र प्रक्रियामा छन् ।

स्वतन्त्र उम्मेदवारका रूपमा डकेन्द्रसिंह थेगिम, मिलन लिम्बू र प्रेमदीप लिम्बूले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

२०७९ सालको निर्वाचनमा यो क्षेत्रमा सुवासले एक सय १४ मतान्तरले गठबन्धनका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरेका थिए । नेम्बाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका उम्मेदवार खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए । पार्टीका जिल्ला सभापति खड्का अहिले पनि जिल्लाबाट उम्मेदवारको सिफारिसमा छन् ।

यो क्षेत्रमा समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ८६ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय