इलामः (नेकपा एकीकृत समाजवादीले इलाम(२ को प्रतिनिधिसभा र बझाङको प्रदेश सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ।
एकीकृत समाजवादीले इलाम(२ मा जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
राई इलामको माइजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन्। उनी २०७४ को निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने उनी नेकपा एमालेका कुशबहादुर थेवेसँग पराजित भएका थिए।
यस्तै, बझाङ(१ को प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।
सिंह एकीकृत समाजवादीका बझाङ जिल्ला अध्यक्ष हुन्।