विष्णु गड्तौला
सुम्बेकः इलाम नगरपालिका वडा नं २ सुम्बेकमा ४ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ। श्रीयम मिडिया प्रा लि इलामको आयोजना तथा इलाम नगरपालिका वडा नं २ सुम्बेकको सहयोगमा तालिम गरिएको हो ।आयोजक संस्थाका अध्यक्ष भीम चापागाईंको अध्यक्षतामा साथै सोही वडाका वडाध्यक्ष गिरीराज रिजालको प्रमूख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति इलामका सदस्य शेरबहादुर खालिङ राईको बिशेष आतिथ्यता थियो । ,वडा सदस्यहरु राजेन देवान,मीना दाहाल गड्तौला,सरिता बराइली दियाली,वडास्तरिय आदिवासी जनजाति समन्वय समिति अध्यक्षमा कुल बहादुर देवान,वडास्तरिय अपाङ्गता समन्वय समिति इलामका अध्यक्ष पहलमान तामाङ, सुम्बेक मा बि की सहायक प्रधानाध्यापक बिना रिजाल लगायतको आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ६० जना सहभागीलाई प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि गिरीराज रिजालले बितरण गर्नुभएको थियो।
कार्यक्रममा उत्साहजनक सहभागिता रहेकोले हामीलाई हौसला मिलेको र सुम्बेकको सर्वाङ्गीण विकास गर्न लक्षित वर्ग समुदायको नेतृत्व स्थापित गर्न यी र यस्ता कार्यक्रम गर्दै लक्षित वर्ग समुदायको विकासमा आगामी बर्ष समेत बजेट ब्यवस्थापन गरिने शुभकामना मन्तव्यका क्रममा वडासदस्यहरू मीना दाहाल,राजेन देवान साथै वडाध्यक्ष गिरीराज रिजालले बताउनुभयो।
कार्यक्रममा १२ वर्षदेखि करीब ६०वर्ष उमेर समूहका र सकृय ब्यक्तिको उपस्थिति देखेर आफू समेत प्रभावित भएको सहजकर्ता एवम् श्रीयम मिडिया प्रा लि इलामका अध्यक्ष भीम चापागाईंले समापनका अवसरमा वताउनुभयो। कार्यक्रमलाई भीम चापागाईं,बिजयशेखर भट्टराई र सुनिता खालिङ राईले सहजीकरण गर्नु भएको थियो भने उद्घाटन तथा समापन कार्यक्रम श्रीयम मिडिया प्रा लिका ब्यवस्थापक खेमराज ढकालले गर्नुभएको थियो। कार्यक्रम चैत २०गतेदेखि २३गतेसम्म इलाम नगरपालिका वडा नं २सुम्बेकस्थित सामुदायिक भवनमा सम्पन्न भएको थियो ।