इलाम उपनिर्वाचनः धमाधम मनोनयन दर्ता गरिँदै

द्वारा प्रकाशित गरिएको हो |
२०८० चैत्र २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,२४चैतः वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ कोे उपनिर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेद्वार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराउनुभएको छ । सुहाङ सहित हालसम्म सातजनाले मनानयन दर्ता गराईसकेका छन् । बाजा गाजा र झाँकी सहित निर्वाचन कार्यालयमा पुग्नुभएका सुहाङको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक धिरेन्द्र शर्मा रमण रहनुभएको छ ।

सुहाङले मनोनयन दर्तामा जानु अघि भानु रत्न चोक इलाममा रहेको सहिद रत्न कुमार वान्तावा, सहित बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप)ले मनोनयन दर्ता गराउनुभएको थियो ।

यस्तै नेपाल मजदुर किसान पार्टीका श्याम दर्जीले पनि मनोनयन दर्ता गर्नुभएको छ । डाकप्रसाद गौतमले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराउनुभएको छ ।

पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिमले मनोनयन दर्ता गराउनुभएको छ । एककिकृत समाजवादीका जीतबहादुर राईले पनि मनोनयन दर्ता गराउनुभएको छ ।

रास्वपाबाट केही बेरमा मिलन लिम्बूले ३ बजे उम्मेदवारी दर्ता गर्ने तयारी छ । नेपाली काँग्रेसले पनि मनोनयन दर्ता गर्न बाँकी छ । इलाम क्षेत्र नं २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज (आईतबार) उम्मेदवारको मनोनयन दर्ता धमाधम भईरहेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय