शिव महिमा पुराण तथा दोमाङ पाठको आयव्यय सार्वजनिक

द्वारा प्रकाशित गरिएको हो |
२०८० चैत्र २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

विक्रम सुन्दास,फिक्कलः इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ ठूलो श्रीबुङ्ग टोल विकास समिति अन्तरगत शिवमन्दिरमा गत फागुन २१ गते देखि २९ गते सम्म लागेको शिव महिमा पुराण तथा दोमाङ पाठको आर्थिक आयव्यय सार्वजनिक गरिएको छ ।

पुराण आयोजक समिति अध्यक्ष तथा टोलविकास समितिका अध्यक्ष विगेन्द्र राइको अध्यक्षतामा एक कार्यक्रमका विच आर्थिक गतिविधि सार्वजनिक गरिएको हो ।

समितिका सचिव गंगाधर निरौलाले पुराणमा भएका आम्दानी र खर्च विवरण प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार पुराण अवधिभर जम्मा १६ लाख ५७ हजार ३ सय ८७ रुपैंया आय भएको छ भने ७ लाख १ हजार १ सय ५१ खर्च भएको छ ।

आय तर्फ रसिदबाट १ लाख ४३ हजार ४१, खातामा १४ लाख २७ हजार २ सय ६२ , मण्डप तथा लासेमबाट ३१ हजार ३ सय ३४ , तथा तोला दानबाट ३५ हजार ७ सय ५० रुपैयाँ संकलन भएको छ भने खर्च तर्फ खाद्यन्नमा १ लाख २५ हजार ३ यस २०, तरकारी तथा फलफुल खरीदमा ४१ हजार ५ सय ९०, राधेराधे तथा फुजा कपडामा ७९ हजार ९ सय ६५, पुजा सामाग्रीमा ३० हजार ५ सय ८०, प्रिन्टीङमा ८१ हजार २ सय ११, स्टेसनरीमा १ हजार ७ सय २५, इन्धनमा १५ हजार ८ सय ६० गाउँको पसल तथा खाजा नास्तामा २० हजार ९ सय ५, लामा,पण्डित, पुजारी तथा झाँकिमा १ लाख ६५ हजार ३ सय ५५ , पण्डाल तथा जग्गेमा ६६ हजार १० र इलेक्ट्रानिकमा ६२ हजार ६ सय ३० भएको छ ।
सामान बेचेर पाउन बाँकी २२ हजार रकम सहित जम्मा ९ लाख ७८ हजार २ सय ३६ बचत रहेको छ । सचिव गंगाले मित्तव्यी गरेर आफुहरुले काम गर्दा पनि निक्कै खर्च भएको बताउनु भयो ।

अन्तु डाँडा केन्द्रीत हुने पर्यटकको रोजाइलाइ विस्तार गर्न धार्मिक , साँक्रितिक, सामाजिक र आर्थिक विकासलाइ गाउँसम्म जोड्दै लाने उदेश्यले टोल विकाश समितिले ७ दिने पुराण आयोजना गरेको समितिका सहसचिव विबेक शर्मा लामिछानेले जान्कारी दिनुभयो । हिसाव सार्वजनिक कार्यक्रमलाइ भोजराज लामिछानेले स्वागत गर्नुभएको थियो भने पण्डित व्यवस्थापन संयोजक प्रसुराम रिजाल, नैना गरि पौडेल लगायतले आफ्ना भनाइहरु राख्नु भएको थियो ।

उपस्थित टोल विकास समिति सदस्यहरुको सुझावहरु लिदै आर्थिक प्रतिबेदन स्वीकृत गरिएको छ । कार्यक्रम समापन गदै अध्यक्ष विगेन्द्र राइले अब बचेको रकम बाट विभिन्न जातजातिहरुको साझा धार्मिक आस्थाको केन्द्र बनाउन पहल गरिने बताउनुभयो । काम गर्दा आएका चुनौतिहरुमा समन्वय गर्दै टोलको विकासमा कदम चालिनै रहने बताउनु भयो ।

उहाँले मन्दिरमा जजस्ले जिन्सी तथा नगत सहयोग गरी पुराण सफल बनाउन सहयोग गर्नुभयो उहाहरुलाइ धन्यबाद ज्ञापन गर्दै अझै थुप्रै काम प्रेरण प्राप्त भएको बताउनुभयो ।

मन्दिरका लागी राम गुरूङ र लक्षुमण गुरूङले जग्गा उपलब्ध गराउनु भएकोछ । समितिका अनुसार मन्दिरको नाममा जग्गाको स्वमित्व लिने प्रक्रियामा रहेको छ । मन्दिरलाई २०४६ सालमा राम गुरूङले सपनामा सिला देखि ६ फिट गहिरो खाडल खनेर उत्खनन गरेको जान्कारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय