नजित्ला की भन्ने डर नमान्नुहोस्ः सुहाङ

द्वारा प्रकाशित गरिएको हो |
२०८० चैत्र २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

(माङसेबुङ) इलामः आसन्न इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि नेकपा एमालेले चुनावी गतिविधि तिव्र बनाएको छ । एमाले–माओवादी सहित चार दलका साझा उम्मेद्वार सुहाङ नेम्बाङका योजना र प्रतिवद्धता सुनाउन मतदाताको घर घरमा पुगिरहेको टोलीले बिहिबार माङ्सेबुङ गाउँपालिका–६ का विभिन्न टोलमा चुनावी सभा सम्पन्न गरेको छ ।

चिवुवा बाट सुरु गरेर सिङलावु, चतुरे, वहिला, खर्वानी, टेड्के (कल्पनाडाँँडा) र दारेगौँँडा गरि सात स्थानमा सभा गरिएको एमालेले बताएको छ ।

‘नजित्ला की भन्ने डर नमान्नुहोस् । मलाई चार दलको समर्थन छ ।’ चुनावीसभालाई सम्बोधन गर्दै उम्मेद्वार नेम्बाङले सुरुमै भन्नुभयो, ‘बुवाप्रति श्रद्धासुमन ब्यक्त गर्दछु । अर्को खुसीको कुरा पनि छ । मलाई चार दलको समर्थन छ । म नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा विप्लव, नेपाल परिवार दलको साझा उम्मेद्वार हुँ ।’

यो चुनावी गठबन्धन मात्रै नभएर अभियान पनि भएको सुहाङले बताउनुभयो । ‘यो गठबन्धन विकास र परिवर्तनको पक्षमा एकताबद्ध भएर लाग्छ ।’ सुहाङले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय