गठबन्धनको राजनीति गलत छः महामन्त्री थापा

द्वारा प्रकाशित गरिएको हो |
२०८० चैत्र २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,२९चैतः नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालमा गठबन्धनको राजनीति गलत बन्दै गएको बताउनुभएको छ । निर्वाचन अगाडि मतदाता साट्नेगरी गरिने गठबन्धनमा मतदाता निरिह बन्नुपर्ने बताउँँदै महामन्त्री थापाले एउटा दलकाले अर्को दललाई मत हाल्नुपर्ने परिपाटी गलत रहेको बताउनुभयो ।

नेपाली काँग्रेसद्धारा बिहिबार इलामको फाकफोकथु स्थित एकातप्पा शिकारी भञ्ज्याड. र आमचोकमा आयोजित छुट्टाटुट्टै चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । ‘गठबन्धनको परीपाटी गलत छ ।’ थापाले भन्नुभयो, यो प्रवृत्तिले देश खोक्रो भैसक्यो । अब कांग्रेस एक्लै सङ्घर्ष गर्छ ।’

उहाँले देशमा देखिएका ठूला ठुला काण्डमा मुछिएका सवै पार्टीका नेतालाई कानुनी दायरामा ल्याउन कांग्रेसले प्रयाश गरिरहेको बताउनुभयो ।

यहि क्रममा संसदमा अगाडि बढेको विषय कुनै आग्रह पुर्वाग्रह बेगरको विषय आफूहरुले उठाएको उहाँको दावी छ । ‘नेपालका ठुला ठुला काण्डमा मुछिएका जो सुकै पनि जुन सुकै दलका भएपनि पहिला सजाय पाउनुपर्छ ।’ उहाँले भन्नुभयो, ‘यो वा त्यो बहानामा अब कसैले उन्मुक्ति पाउँन सक्दैन । पाउनु हुँदैन ।’

इलाम क्षेत्र नं २ मा स्थानीय स्तरमा भिजेको र परिस्थिति सम्हाल्न सक्ने युवा नेता डम्बर खड्कालाई आफ्नो दलले उपनिर्वाचनमा उमेद्धार बनाएकाले कार्यकर्ताले अहोरात्र खटेर जिताउनुपर्ने उहाँको निर्देशन छ । ‘मेरो पक्ष, तेरो पक्ष भनेर मन बराल्ने होईन । अब कांग्रेस एकढिक्का भएर उभिनुपर्छ ।’

सभामा नेपाली काँग्रेसका सह–महामंत्री भिष्मराज आङदेम्बे, इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेपाली काँग्रेसका उमेद्धार डम्बर खड्का, महासमिति सदस्य भेषराज आचार्य लगायतले नेपाली काँग्रेस नै पहिचान बुझेको र भुगोलका मुद्धा अगाडि बढाउने पार्टि भएकाले रुख चिन्हमा मतदान गरी परिवर्तनमा साथ दिन आग्रह गर्नुभयो । काँग्रेसले केहिदिन यता आगामी बैशाख १५ गतेको उपनिर्वाचनको प्रचारलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय