समस्या र गुनासा सुन्न मतदाताको घर–घरमा पुग्दै सुहाङ

द्वारा प्रकाशित गरिएको हो |
२०८० चैत्र ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

(माङ्सेबुङ) इलामः आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र २ उपनिर्वाचनमा चार बामपन्थि दलका साझा उम्मेद्वार सुहाङ नेम्वाङको घरदैलो कार्यक्रमले दिन विराएको छैन ।

‘युवाको सोच,सुर्यमा पहिलो भोट’ भन्ने नारा लिएर युवाको ठुलो पङ्क्ति सुहाङ जिताउँ अभियानमा खटेको एक महिना बित्यो । मतदाताका घर–घरमा पुगेर गाउँ टोलको समस्या पहिचान गर्दै आफ्ना भिजन र एजेण्डा सुनाउन सुहाङ खटिएका छन् ।

शुक्रबार बारीको काम गरेर खाजा खान घर आएकी माङ्सेबुङ गाउँपालिका–६ की ५२ बर्षीया लिला पौडेलले छिमेकमा चहलपहल देखिन । ‘दगुर्दै त्यहाँ पुग्दा त सुहाङ रहेछन् । सुवास दाईको झल्को मेट्न पाएँ ।’ पौडेलले भनिन्, ‘बावुकै लवज, बावुकै विनम्रता र दुरुस्तै स्वभाव देखेर खुसीले आँखा रसायो ।’

माङ्सेबुङ–६ को पञ्चमि चिसापानी बजारबाट शुक्रबारको घरदैलो कार्यक्रम सुरु गरेका सुहाङले रक्से,इभाङस्थित याङरुपे, पावा, चमैता र सोभाङ क्षेत्रका मतदातासंग घेटघाट गरे ।

५५ बर्षीय खम्ब सिंह मगरले युवा जोसलाई होस प्रयोग गरेर परिवर्तनको विगुल घन्काउन यो क्षेत्रले अवसर दिनेमा सुहाङलाई ढुक्क हुन ढाडस् दिए ।

सुहाङले भने, ‘मैले गाउँ गाउँमा पस्दा यहाँको दुःख, अभाव र समस्या देखेको छु । म निर्वाचित भएपछि कृषकका समस्या समाधानमा पहिलो भुमिका खेल्नेछु ।’

नेकपा एमालेका उम्मेद्वार सुहाङलाई नेकपा एकीकृत माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी विप्लव र नेपाल परिवार दलको समेत समर्थन छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय