सूर्योदयका गाईपालक किसानलाई काउम्याट वितरण

द्वारा प्रकाशित गरिएको हो |
२०८० चैत्र ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी
इलाम,३०चैतः सर्योदय नगरपालिका–१ फेदिखोला स्थित जिम्बा गाई फार्मका सञ्चालक बुद्ध तामाङले नगरपलिकाको अनुदानमा काउम्याट पाएपछि फार्ममा गाई थप्ने सोच बनाउनुभएको छ । ‘नगरपालिकाले गोठ सुधार,भकारो सुधार कार्यक्रम ल्याएर उन्नत जातको घाँस समेत दिएपछि फार्ममा गाईहरु फस्टाउँदै आएका छन् ।’ घिमिरेले भन्नुभयो, ‘आज काउम्याट पाईयो अब गाई थपेर ब्यवसायिक दुग्ध उत्पादन बढाउने सोच छ ।’

सूर्योदय नगरपालिकाले १४ वटा वडाका ६७ फार्म सञ्चालक र ब्यवसायिक किसानलाई एक सय ९६ थान काउम्याट वितरण गरेको छ । नगरपालिकाको किसानसंग समृद्धि अभियान अन्तर्गत पचास प्रतिशत अनुदानमा बिहिबार काउम्याट वितरण गरिएको नगरपालिका आर्थिक विकास समिति संयोजक देवेन्द्र आचार्यले बताउनुभएको छ ।

किसानलाई पशुपालनमा ब्यवसायिक बनाउन र गाईपालनमा थप आकर्षित गरेर दुग्ध उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ यो कार्यक्रम गरिएको संयोजक आचार्यको भनाई छ । ‘सबै किसानलाई एकैपटक वितरण गर्न खर्चिलो हुन्छ । नमुनाका रुपमा मात्र दिएका हौँँ ।’ आचार्यले भन्नुभयो, ‘अन्य किसानले सिको गर्नुहुन्छ । गाईपालनमा आकर्षित हुनुहुन्छ र यहाँको दुग्ध उत्पादन वृद्धि हुन्छ भन्ने हाम्रो अपेक्षा छ ।’

काउम्याट वितरणका लागि नगरपालिकाले करिब दश लाख खर्च गरेको बताउँदै उहाँले अब तत्कालै किसानलाई उन्नत जातको घाँसको विरुवा वितरण गर्ने तयारी रहेको बताउनुभयो । ‘किसानलाई माग गर्न आग्रह गरिएको छ । त्यसको आधारमा वितरण हुन्छ । चिया टिप्प्ने मेसिन वितरण सुरु गर्दैछौँ । च्यापकटर वितरणको कार्यक्रम अन्तिम चरणमा छ ।’ आचार्यले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय