सुहाङ भन्छन्– अहिलेको गठबन्धन चुनावलाई मात्र होइन,अभियान हो

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख २, ,प्रकाशित
अनुमानित पढ्ने समय : 1 मिनेट

इलाम– इलाम क्षेत्र २ मा आउँदो १५ गते हुने उपनिर्वाचनका उम्मेदवार सुहाङ नेम्बाङले अहिलेको गठबन्धन चुनावी तालमेलमात्रै नभएर एउटा अभियान भएको बताएका छन् ।

उनले नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलको गठबन्धन राजनीतिक स्थायित्व र विकासका लागि बनेको बताए ।

इलाम क्षेत्र २ को फाकफोकथुममा आज आयोजित चुनावी कार्यक्रममा सुहाङले देशको विकास सहज हुन राजनीतिक स्थायित्व आवश्यक पर्ने बताए । ‘यो गठबन्धन चुनावका लागिमात्रै होइन, राजनीतिक स्थायित्वका लागि हो, विकास, सुशासन र समृद्धिको आधार हो,’ उनले भने, ‘गठबन्धन निरन्तर अघि बढिरहन्छ । यसमा मतदातालाई विश्वस्त बनाउन चाहन्छु ।’

उम्मेदवार सुहाङले हिजो एमाले र माओवादी एउटै दल भएका बेला विकासले गति लिएको स्मरण गरे । वाम गठबन्धनको सरकार भएको समयलाई ‘सुनौलो समय’ भन्दै उनले त्यसबेला विकासको लहर देशभर चलेको बताए ।

‘हिजो एमाले–माओवादी एक भएर नेकपा बनेका बेला देशमा विकासको लहर आएको थियो, समृद्धिका धेरै आधार तयार भएका थिए,’ उनले भने, ‘अवस्था फेरियो तर अहिले आएर फेरि वातावरण बन्ने सम्भावना बढेको छ, राजनीतिक स्थायित्वका लागि अहिलेको गठबन्धन दृढ छ । यो गठबन्धनले पनि अब विकासका आधार तयार गर्नेछ ।’

इलामका धेरै पुल, बाटोघाटो, स्वास्थ्य, शिक्षालगायत क्षेत्रका आधार एमाले–माओवादी गठबन्धनकै बेला तयार भएको भन्दै उनले इलाम क्षेत्र २ को विकासमा यहींका मतदाता र पार्टीका नेता–कार्यकर्ताको योगदान रहेको बताए ।

‘अब जति समस्या छन्, हामीले सबैका समस्या टिपोट गरिरहेका छौं,’ सुहाङले भने, ‘प्राविधिक समस्या वा सुशासनमा भएका कमजोरीमा आत्मसमीक्षा गर्नुपर्छ । हाम्रा पनि कहींकतै कमजोरी भए कि भनेर खोज्दै त्यसलाई सिकाइका रूपमा लिएर सुधार्दै अघि बढ्नुपर्छ ।’

उनले मतदाताले अहिले पनि सडक, पुल, शिक्षा, खानेपानी र कृषि क्षेत्रका योजना माग गरिरहेको भन्दै ती आवश्यकता पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए । ‘जति समस्या र आवश्यकता मतदाताले टिपाउनुभएको छ, तपाइँहरूसँगै हातेमालो गरेर एक–एक ढंगले तिनको समाधानमा लाग्नेछौं,’ उनले भने, ‘यी सबै कामको पहलकदमी भने अघि बढिसकेको पनि छ ।’

आज दिनभर सुहाङ फाकफोकथुम गाउँपालिकाका चुनावी कार्यक्रममा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय