वैशाख ३ र ४ गते पाँचौ ‘सूर्योदय सडक महोत्सव’

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा पाँचौ सूर्योदय सडक महोत्सव हुने भएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बैशाख ३ र ४ गते सूर्योदय नगरपालिकाको फिक्कलमा पाँचौ संस्करणको सूर्योदय सडक महोत्सव हुने भएको हो ।

बिगतका बर्ष देखि लाग्दै आएको महोत्सवमा यस पटक स्थानीय खाद्य परिकार, हस्तकला सामग्री, बिद्युतीय सवारी साधनको स्टल, वातावरणमैत्री निर्माण सामग्रीको स्टल र स्थानीय पर्यटकीय उपजका स्टल रहने छन् । दुई दिन सम्म संचालन हुँने महोत्सव सम्पन्न गर्दा १९ लाख रुपियाँ खर्च हुने र उक्त अवधिमा १५ हजारले महोत्सवको अवलोकन गर्ने आयोजक सूर्योदय होटल ब्यवसायी संघका अध्यक्ष प्रज्वल प्रधानले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘सडक महोत्सव नेपालका थोरै ठाउँमा मात्र हुने गरेको छ, त्यस मध्ये निरन्तर्ता पाएको फिक्कलले पनि हो ।’

महोत्सवको आयोजना सूर्योदय होटल ब्यवसायी संघ, यूनाइटेड फिक्कल क्लब र सूर्योदय जेसिजले गरेका छन्। सूर्योदय जेसिजका अध्यक्ष अभिषेक पौडेलले सूर्योदयको पर्वका रुपमा मनाईदै आएको सडक महोत्सवमा दुई दिनमा एक करोड बढीको करोबार हुने बताउनु भयो । ‘हामी संघ संस्थाले गरेका यस्ता पर्यटन प्रवर्धनका कार्यक्रममा स्थानीय सरकारले साथ दिनु पर्छ ।’

महोत्सवमा रैथाने खानाका परिकारका स्टललाई प्राथमिक्ता दिईएको आयोजकले जनाएको छ । महोत्सवमा हुर्रा नाच, लाखे नाच र परेड प्रस्तुत गरीने अध्यक्ष पौडेलले जानकारी दिनु भयो । महोत्सवमा द एकस ब्याण्ड सहित रचना रिमाल सहितका कलाकारले सांगीतिक प्रस्तुती राख्ने कार्यक्रम छ । आयोजकले महोत्सवका लागि सबै तयारी पुरा भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय