युवाको ऊर्जा र अगुवाको सुझाव नै समृद्धिको आधारः सुहाङ

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः युवा र अगुवाको सहकार्यले मात्रै देशको चौतर्फी परिवर्तन सम्भव हुने नेकपा ९एमाले० उम्मेदवार सुहाङ नेम्बाङले बताएका छन् ।

अहिले सबै मतदाताले युवा नेतृत्व खोजिरहेको भन्दै उनले अगुवाको सुझाव र सल्लाह लिँदै युवाले नै देश हाँक्नुुपर्ने बताए ।

‘अहिले सबैको चाहना अबको नेतृत्व युवाले नै गरून् भन्ने छ,’ इलामको फाकफोकथुममा आज आयोजित चुनावी कार्यक्रममा उनले भने, ‘देशको राजनीतिक परिवर्तनमा अगुवाको भूमिका महत्वपूर्ण थियो, त्यसको उपलब्धिका रूपमा अगुवा पुस्ताले संविधान निर्माणजस्तो महत्वपूर्ण काम पनि गरेको छ ।’

नेम्बाङले युवाको सन्दर्भमा आफ्नो दृष्टिकोण अलि फरक रहेको बताए । ‘अगुवाले परिवर्तनका लागि गरेको योगदान हामीले बिर्सिनुहँदैन,’ उनले भने, ‘व्यवस्था परिवर्तन गर्न, संविधान बनाउन र नीति निर्माण गर्न उहाँहरूले गर्नुभएको योगदानलाई युवा पुस्ताले सिकाइ बनाउनुपर्छ ।’

युवाको ऊर्जा र अग्रजको अनुभवले नै विकासको आधार कोर्ने भन्दै सुहाङले अहिले इलामको मात्र नभई देशको आवश्यकता नै यही भएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय