राजनीतिक दलको गलत व्यवहारले देश उँभो लागेनः हर्क साम्पाङ

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देशभरिबाट स्वतन्त्र उम्मेदवारले जित्नुपर्ने समय आएको बताएका छन् । राजनीतिक दलको गलत व्यवहारले देश उँभो नलागेको भन्दै उनले स्वतन्त्र उम्मेदवारले देश बनाउनुपर्ने बताएका छन् ।

मंगलबार इलाम चोकबजारमा आयोजित स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह गरे ।

‘राजनीतिशास्त्रअनुसार सच्चा मान्छेको संगठनलाई पार्टी भनिन्छ,’ साम्पाङले भने, ‘तर, हाम्रो देशमा सच्चा मान्छे को छ र पार्टी भएको छ । मलाई लाग्छ यहाँ पार्टी छैन । अब स्वतन्त्रमात्रै जित्नुपनर्छ ।’

साम्पाङले देशमा चलिरहेका ‘ठूला माछा’ र ‘साना माछा’का काण्डलाई कटाक्ष गर्दै माछैमाच्छा, सुनैसुन सबै नेताको जिम्मामा भएकाले देश दलका नेताले नबनाउने दाबी गरे ।

उनले भने, ‘कम्युनिस्ट भन्दै दलहरू अगाडि बढेका छन् । तर, कुन पार्टी कम्युनिस्ट हो रु कसैले श्रम गरेको छ रु मलाई लाग्छ म चाहिँ खास कम्युनिस्ट रहेछु ।’

अहिले देशमा जनतालाई विभाजन गर्ने षड्यन्त्रमात्र भएको भन्दै उनले नेपाली समाजलाई एकजुट बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय