इलाम २ लाई आयोगले पठायो १ लाख २८ हजार मतपत्र

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापेर आज सम्बन्धित जिल्लामा मतपत्र पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । इलाम क्षेत्र नम्बर २ का लागि १ लाख २८ हजार प्रति मतपत्र र बझाङमा हुन लागेको उपनिर्वाचनका लागि ६८ हजार मतपत्र छपाई गरी सम्बन्धित क्षेत्रमा पठाएको हो । मतदाता सङ्ख्या भन्दा झन्डै १० प्रतिशत बढी मतपत्र पठाइएको हो ।

केही मतपत्रमा मसी लतपतिने, च्यातिने, बिग्रिने भएका कारण केही प्रतिशत बढी मात्रामा मतपत्र छपाई गरिने शर्माले जानकारी दिए । ती क्षेत्रमा यतिबेला विभिन्न दलका उम्मेदवारहरू चुनाव प्रचारको क्रममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय