माओवादी कोशी प्रदेशका अध्यक्ष भन्छन् सुहाङको जितले वामपन्थी एकताको बाटो खुल्छ

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्बाङ् मिक्सोले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई बचाउन इलाम २ बाट सुहाङ्ग नेम्बाङ्गलाई जिताएर पठाउनु पर्ने बताएका छन् ।

इलाम क्षेत्र नम्बर २ अन्तरगत मङ्गलबारे बजारमा भएको चुनावी सभामा बोल्दै नेम्वाङ्गले बामपन्थीहरुको एकताले मात्रै समृद्ध नेपाल सुखी नेपाली बन्ने सक्ने बताए ।

यो एउटा झिल्को हो यो झिल्कोलाई सबै तिर पुर्‍याउनु पर्छ । उनले भने,‘ सुहाङ्ग नेम्वाङ्गलाई जिताउनु भनेका देशमा समृद्धिको झिल्को सबै तिर फैलनु हो ।’ उनले कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनका लागि सुहाङ्ग नेम्बाङ्गलाई जिताउनु पर्ने बताए । उनले भने, ‘अहिले देशमा विकास र समृद्धि चाहिएको छ ।

समृद्धिका लागि बामपन्थीहरुको एकता आवश्यक छ । ’बामपन्थीहरुको एकता विना देशमा विकास हुन नसक्ने देखिएको उनले दाबी गरे । उनले सुहाङ्ग नेम्बाङ्ग बामपन्थीहरुको साझा उम्मेदवार भएकाले सबैले उनलाई मत हाल्न आव्हान गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय