सुहाङको ब्यस्तताः एकैदिन १२ टोलबासी संग भेटघाट

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः चुनावी अभियानमा तिव्र देखिएका उम्मेद्वारहरु आफ्ना योजना मतदातालाई सुनाउँदै छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा विप्लब र नेपाल परिवार दलको तर्फबाट इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा साझा उम्मेदवार बनेका सुहाङ नेम्बाङले शुक्रबार देउमाई नगरपालिकाका विभिन्न ठाउँमा घरदैलो गरे ।

देउमाई–८ को आमबोटेस्थित मदन चोकमा कोणसभा गरेको एमाले जिल्ला कमिटिले जनाएको छ । त्यसपछि सोही वडाको चियाबारी चोक,तालखर्क,जितपुरे बजार,चौबन्दि चोक, लुङ्गेलि चोकमा घरदैलो र भेटघाट कार्यक्रम गरेका छन् ।

सुहाङले एकैदिन १२ टोलमा फरक फरक कार्यक्रम गरे । शुक्रबार देउमाई–८ का ती क्षेत्रमा कार्यक्रम सकिएपछि वडा नम्बर ९ को सुषीदार गाउँ गुम्बा,मादेबुङ्ग र वडा ७ को नामयला,सिद्धिथुम्का पान्द्रुङ्ग पञ्जमि बजार र गोर्खे बजारमा कार्यक्रम गरिएको हो ।

जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताउँदै सुहाङले मतदाता संग भने,‘अहिले हामी समृद्धिको बाटो हिँडेको भन्दै यो बेला सामाजिक सम्बन्ध खलल पुग्ने बाटोमा लाग्न हुँदैन ।’

इन्द्रेणी जस्तो समाजलाई अझ राम्रो बनाउन सामाजिक सम्बन्ध राम्रो हुनु पर्ने बताएका उनले यस्तो समाजमा पनि समाजिक भेदभावलाई क्षमा दिन नहुने बताए । उनले सुशासनमा देखिएको समस्याले विकास निर्माणमा ढिलाइ भएकाले यो समस्या समाधान गर्न पनि सबै एक हुनु पर्ने भन्दै मतदातालाई आफ्ना कुरा सुनाए ।

इलामको विकासमा आफ्ना बुवा सुभासचन्द्र नेम्बाङले गरेको विकास स्मरण गराउँदै जनताका सामु पुग्दा उनीहरूको आँखामा आँसु पनि देखेको बताए । विगतका निर्वाचनमा आफ्ना बुबालाई गरेको विश्वास शिरमा राखेर आफूले सधैँ काम गर्ने बताएका छन् ।

उनले इलामी जनताको कामका लागि सधैँ आफ्ना बुबाले काम गरेको दाबी गर्दे आफूले पनि त्यसरी नै काम गर्ने बताएका छन् । ‘बुवाले गर्न नसकेका र देखेका सपना पुरा गर्न कुनै पनि कमी हुन दिन्न ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय