चार पालिकामा घरदैलो सकेपछि इलाम नगरपालिकामा पसे सुहाङ

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलाम– वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि नेकपा ९एमाले० उम्मेदवार ३३ वर्षे सुहाङ नेम्बाङ आज ९शनिबार०देखि घरदैलो कार्यक्रममा इलाम नगरपालिका भित्रिएका छन् ।

उनले आज इलाम नगरपालिका–११, सोयाकबाट नगरभित्र घरदैलो अभियान थालेका छन् । सुहाङको समूहमा एमालेसहित नेकपा ९माओवादी केन्द्र०, नेपाल परिवार दल र नेपाल कम्युनिस्ट पार्टीका विभिन्न तहका नेता–कार्यकर्तासमेत सहभागी छन् ।

घरदैलोमा मतदाताले साथ दिएको एमालेले जनाएको छ । आज सुहाङको टोली इलाम नगरका वडा ९, ११ र १२ का विभिन्न टोलको घरदैलोमा रहनेछ ।

एमाले जिल्ला कमिटीका अनुसार आज इलाम नगरपालिका–११, बेलासे हुँदै श्रीमान कटवालको घरछेउ, निर्फुक, नवमीबजार, निन्दाखु हुँदै साङरुम्बामा घरदैलो अभियान सञ्चालन हुँदैछ । त्यसपछि वडा १२ को मसार भण्डारी गाउँ, एक नम्बर गैरीगाउँ, तीन नम्बर साङरुम्बा मावि, लामागाउँ, रत्नलक्ष्मी स्कुल र पाँच नम्बर ओख्रागाउँमा घरदैलो हुनेछ ।

त्यसपछि वडा ९ का साजबोटे, खड्गीगाउँ, कृषि क्याम्पस क्षेत्र, यातायात कार्यालय क्षेत्र, भाङटार, भञ्ज्याङ चोक हुँदै खाकी गाउँमा कार्यक्रम रहेको एमाले इलाम नगर कमिटी सचिव ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।

जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिकाका १२ वटा वडामध्ये वडा १० बाहेक सबै वडा क्षेत्र नम्बर २ मा पर्छन् ।

यो पालिका क्षेत्र नम्बर २ मा सबैभन्दा बढी मतदाता रहेको पालिका हो । इलाम नगरमा ३४ हजार ४५ मतदाता छन् । क्षेत्र २ मा पर्ने पाँच पालिकाका ४२ वटा वडामा कुल मतदाता संख्या एक लाख १५ हजार आठ सय ८९ छ ।

यसअघि सुहाङको टोलीले चुलाचुली, माङ्सेबुङ, फाकफोकथुम र देउमाईको घरदैलो सम्पन्न गरिसकेको छ ।

यसअघिका घरदैलोमा हजारौं मतदाताले सुहाङलाई रुचाएको एमाले जिल्ला सचिव उमेश गुरुङले दाबी गरे । ‘युवादेखि ज्येष्ठ नागरिकसम्मले सुहाङलाई मतदान गर्ने विश्वास दिलाएका छन्,’ उनले भने, ‘गठबन्धनका मात्र नभई अन्य दलका मतदाताले समेत सुहाङ नै अबको सक्षम र योग्य युवा उम्मेदवार भएको भन्दै मतदान गर्ने विश्वास दिलाएका छन् ।’

उपनिर्वाचनका लागि १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

२०७९ सालको निर्वाचनमा इलाम क्षेत्र २ मा एमालेका सुवासचन्द्र नेम्बाङ विजयी बनेका थिए । उनी ३० हजार २० मत ल्याएका विजयी हुँदा तत्कालीय सत्ता गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए ।

कांग्रेसले पुनः खड्कालाई नै उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट मिलन लिम्बू, पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम चुनावी प्रतिस्पर्धामा छन् ।

जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत० समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन् ।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय