रास्वपाको सिंगो शक्ति इलाममा

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम, राष्ट्रिय स्वतन्त्र पार्टीको सिंगो शक्ति इलाममा छ । उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने चार दिनयता इलामको गाउँ–गाउँमा आफ्ना उम्मेदवार मिलन लिम्बूलाई जिताउन अपिल गर्दै मत माग्दै हिँडिरहेका छन् । यसअघि तीनवटा क्षेत्रमा भएको उपनिर्वाचनमध्ये दुईमा जित निकालेर उत्साहित भएको रास्वपा यसपटक इलाममा जित निकाल्ने दाउमा छ । रास्वपा इलामको उपनिर्वाचनमा जित निकाल्दै पूर्वमा उदयको उद्घोष गर्न चाहन्छ । तसर्थ, उसले सिंगो शक्ति इलाममा केन्द्रित गरेको छ ।

सभापति लामिछानेसँगै उपसभापति स्वर्णिम वाग्ले, डिपी अर्याल, सांसद तोसिमा कार्की, सन्तोष परियार, निशा डाँगी, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलगायत नेताहरू इलाममा छन् । यस्तै, यसअघि शिक्षामन्त्री सुमना श्रेष्ठ, सांसद हरि ढकाल, मनीष झा, विन्दबासिनी कंसाकारगायतका नेता पनि इलाम आएका थिए ।

‘हाम्रो चुनावी अभियान राम्रो भइरहेको छ । यसपटक जनताले मत बदल्ने प्रतिक्रिया दिइरहनुभएको छ,’ रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘पार्टी सभापति उम्मेदवार मिलन लिम्बूसँगै हिँडेर मत मागिरहनुभएको छ । अरू नेताहरूले फरक–फरक ठाउँमा रास्वपा उम्मेदवारका लागि मत मागिरहनुभएको छ ।’ नयाँपत्रिकाबाट साभार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय