स्वतन्त्र उम्मेदवार डकेन्द्रका मुख्य प्रचारक धरानका मेयर साम्पाङ

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलाम क्षेत्र २ मा पहिचानवादीको पक्षबाट स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह लिम्बूका लागि मत माग्न धरानका मेयर हर्कराज राई ९साम्पाङ० पटक–पटक इलाम आए । यस्तै, उनलाई समर्थन गर्ने पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा जातीय संस्थाका नेताहरू निरन्तर इलाममा खटिएका छन् । पहिचानवादी पक्ष डकेन्द्रसिंह लिम्बूलाई जिताएर कोशीमा पहिचानको मुद्दालाई स्थापित गर्ने दाउमा छ ।

धरानका मेयर हर्क साम्पाङ मंगलबार फेरि इलाम पुग्दै छन् । उनले माङसेबुङ–६ स्थित चिसापानीमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ  । ‘मंगलबार चुलाचुलीमा सम्बोधन गरेर सम्भवतः उहाँ चुनावभरि बस्नुहुन्छ,’ पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले भने, ‘म स्वतन्त्र साझा उम्मेदवार हुँ । प्रदेशको नाम कोशी राखेपछि बनेको ४१ घटकले सहयोग गरेको छ । अहिले सबै जातजातिले सहयोग गरेका छन् । डकेन्द्र सर उठ्नुभयो भने पार्टी एकातिर छ, तर हामी सहयोग गर्छौँ भनेका छन् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय