आज चुलाचुलीमा एमालेको चुनावी सभा,अध्यक्ष ओलीले सम्बोधन गर्ने

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज(बुधबार) चुलाचुलीमा हुने चुनावीसभालाई सम्बोधन गर्न इलाम आउँदै छन् । यसअघि देउमाईको मंगलबारेमा भएको चुनावीसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापालगायतका शीर्ष नेता पुगेका थिए ।

नेकपा एमाले इलाम–२ मा आफ्नो विरासत जोगाउन मतदाताको घरघरमा पुगिरहेको छ । ०४८ पछिको एक निर्वाचनबाहेक सातवटा निर्वाचनमा यस क्षेत्रबाट एमाले विजयी हुँदै आएको छ । जसमध्ये पनि पाँचवटा निर्वाचनमा त सुवासचन्द्र नेम्वाङ लगातार निर्वाचित भए । नेम्वाङको विरासतलाई थाम्न एमालेले उनका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ ।

सुहाङको पक्षमा मतदाता आकर्षित गर्न एमालेका शीर्ष नेताहरू पनि इलाममा मत माग्न व्यस्त छन् । उम्मेदवारसँगै एमाले नेतृ शिवमाया तुम्बाहाम्फेले इलामका विभिन्न ठाउँमा मत मागिन् ।

इलाममा माओवादी केन्द्रको उम्मेदवार छैन । उसले एमालेका उम्मेदवार सुहाङलाई सहयोग गरेको छ । माओवादीले पनि इलाम पार्टीका उपमहासचिव हरिबोल गजुरेल, केन्द्रीय सदस्य साबित्रीकुमार काफ्ले, रञ्जित तामाङलगायतलाई सुहाङको पक्षमा भोट माग्न पठाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय