चुलाचुलीका सरोजलाई बिमा बापत ३४ लाख भुक्तानी

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामः इलाम जिल्ला को चुलाचुली गाउपालिका वडा नम्बर ४ निवासी सरोज सुब्बा ले सिटिजन लाईफ इन्स्योरेन्स मार्फत ३३ लाख ८० हजार ४ सय १९ रुपैया बिमा दाबी भुक्तानी बापत प्राप्त गरेका छन ।

कम्पनीका सिनियर एजेन्सी मेनेजर भेषराज भट्टराईको नेतृत्वमा बीमित सरोज सुब्बालाई उनी उपचाररत अस्पताल सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा पुगी घातक रोगबापत ३३ लाख ८० हजार ४१९ रुपयाँबराबरको चेक हस्तान्तरण गरेको हो। इलामको चुलाचुली गाउँपालिका–४ का ४० वर्षीय सरोज सुब्बाले ३ वर्षअगाडि अभिकर्ता थिरप्रसाद दाहालसँग सिटिजन लाइफ इन्स्योरेन्समा ५० लाख रुपैयाँको जीवन बीमा गराएका थिए। जसमा ३५ लाख रुपैयाँको घातक रोगको रक्षावरण सुविधा थियो। हाल उनको दुवै मिर्गौला फेल भएका कारण कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो।

कार्यक्रममा अस्पतालका शाखा अधिकृत हरिहर पोख्रेल, लेखा अधिकृत युवराज भट्टराई, कर्मचारी युनियनका उपाध्यक्ष पूर्णकृष्ण तुच्छे र सचिव रामचन्द्र पौडेल, सिटिजन लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी मेनेजर सुरेशबाबु जमरकट्टेल, सिटिजन लिडर संगीता कार्की, समाजसेवी किरण राई र बीमित सुब्बाका परिवारको उपस्थिति थियो।

सुब्बाले आफूलाई प्राणघातक रोग लागेर अस्पतालमा उपचार गरिरहेको बेला यसरी बेडमै चेक ल्याई दिएर प्राण रक्षा गरिदिएकोमा सिटिजन लाइफलाई धन्यवाद व्यक्त गरे। ‘सुरुमा मैले जीवन बीमाको महत्व नबुझेको थिइनँ, एजेन्टले बुझाउन खोज्दा म भागेको थिएँ तर पटक–पटकको आग्रह र अनुरोधपछि करले बीमा गरेको थिएँ’, सुब्बाले भने, ‘तर, आज आएर जीवन बीमाको महत्व र फाइदा बुझेँ। त्यसैले अरुलाई पनि बीमा गर्न मेरो सुझाव छ।’

सिनियर एजेन्सी मेनेजर जमरकट्टेलले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधामार्फत एउटामात्र रोगको नभई २० घातक रोगका लागि बिना बिल नै ५० लाख रुपैयाँसम्मको उपचार खर्च कम्पनीले दिने गरेको बताए।

बीमित सुब्बाका नातेदार समाजसेवी किरण राईले बिना झन्झट सिटिजन लाइफ इन्स्योरेन्सबाट प्राप्त रकमले उपचारमा आर्थिक सहयोग र हौसला प्राप्त भएको भन्दै सिटिजन लाइफलाई धन्यवाद दिए। उनले सबैलाई समयमा नै बीमा गर्ने सल्लाहसमेत दिए।

कार्यक्रममा अस्पतालका शाखा अधिकृत हरिहर पोख्रेलले आर्थिक जोखिमको सुरक्षाका लागि जीवन बीमा अपरिहार्य रहेकोले आफ्नो क्षमताअनुसारको बीमा गर्नुपर्ने सुझाव दिए।

यो रकम चुलाचुली गाउपालिका भरी बिमित हरुले पाएको अहिले सम्मको सबै भन्दा ठुलो रकम रहेको छ । from ilamtimes

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय