उपचुनावलगत्तै रोकिएका अनुसन्धान अघि बढ्छः गृहमन्त्री लामिछाने

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,१२वैशाखः उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उपचुनावलगत्तै रोकिएका अनुसन्धान अघि बढाउने बताउनुभएको छ । इलामको मंगलबारेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछानेले शक्तिका आडमा बन्द गरिएका भ्रष्टाचारका फाइल खोल्ने चेतावनी दिनुभएको छ ।

‘धुलो लागेको फाइल टकटक्याउँदै छ भन्ने थाहा पाएर तपाईंहरूले राजीनामा माग्नुभएको कुरा मलाई राम्रोसँग थाहा छ । पख्नुस् आउँछ राजीनामा। दुईचारवटा काम गर्न दिनुस् चाँडै नै।’ लामिछानेले भन्नुभयो, ‘चुनाव अगाडि भ्याइन्थ्यो कि भन्ने थियो, भ्याइएन । तर चिन्ता गर्नुपर्दैन । अहिले धेरै भन्न मिल्दैन, आचारसंहिता लाग्छ । चुनाव सकियोस् मलाई राम्रोसँग थाहा छ । कस–कसलाई कुन–कुन केसमा कहाँ पठाउने भन्ने ।’

उहाँले कांग्रेसले सरकारमा रहँदा आफूविरुद्ध अनुसन्धान गर्दा केही नभेटेपछि मिडिया ट्रायल सुरू गरेको आरोप लगाउनुभयो । ‘कांग्रेसले आफ्नो सरकार हुँदा यसलाई कसरी फसाउन सकिन्छ भनेर अनुसन्धान गरे । केही पनि नभेटेपछि चुपचाप मिडियाबाजी गर्न थाले ।’
उहाँले नयाँ कानुन निर्माण गरेर सहकारी ठगीमा संलग्नको सम्पत्ति कब्जा गरिने बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय