इलाममा सकियो मतदान, खस्यो ५७ प्रतिशत मत

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,१५वैशाखः इलाम क्षेत्र नं २ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । ‘५ बजेपछि मतदानको समय सकिएको छ ।’ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भन्नुभयो, ‘५७ प्रतिशत मत खसेको छ । करिब ६६ हजार मत खस्यो । मतदान शान्तिपूर्ण, भयरहित, निश्पक्ष र स्वच्छ रुपमा सकियो ।’ यहाँ एक लाख १५ हजार ८ सय ८९ मतदाता रहेका थिए ।

विहान ७ बजेबाट सुरु भएको मतदान गर्ने समय साँझ ५ बजे सकिएको हो । शनिबार राति मतपेटिका सङ्कलन गरेर इलाम बजारस्थित सिटी हलमा राखिने छ। सिटी हलमा तारजाली सहित सिसी क्यामेरा जडान गरिएको छ। मतगणना दुई ठाउँमा गर्ने तयारी छ ।

१२ राजनीतिक दलका १२ र ७ स्वतन्त्र गरि १९ जना उम्मेद्वार छन् । यसपटक ५ सय ४७ जना मतदाता थप भएका थिए जिल्लाका ६ ओटा स्थानीय तहका ४२ ओटा वडामा उपनिर्वाचन भएको हो । चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र देउमाइ नगरपालिका पूरै तथा इलाम नगरपालिका (१० ओटा वडाबाहेक) र माइ नगरपालिकाका–६, ७ र ८ वडा पर्दछन् ।

७९ ओटा मतदानस्थल र १ सय ४९ ओटा मतदान केन्द्र तोकिएको थियो । सबै मतदान केन्द्रलाई अति सम्वेदनशीलमा राखेको सुरक्षा समितिले यसपटक निर्वाचन सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था अपनाएको थियो । निर्वाचनमा ७ सय ४५ जना कर्मचारी, १ हजार ५ सय २३ जना नेपाल प्रहरी, ७ सय १० जना सशस्त्र प्रहरी र ७ सय नेपाली सेना र अनुसन्धानका १५ जना शक्ति परिचालन गरिएको छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय