इलाममा मतगणनाको तरखर

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,१५वैशाखः इलाममा आजै मतगणना सुरू गर्ने तयारी गरिएको छ । इलामका प्रमुख निर्वाचन अधिकृत केशवकुमार घिमिरेले सबै मतदानस्थल र केन्द्रमा मतगणना सम्पन्न भएको र आजै बेलुकादेखि मतगणना सुरू गर्ने तयारी रहेको जानकारी दिनुभयो । ‘मुचुल्का गर्ने र मतपेटिका जम्मा पार्ने काम भइरहेको छ, प्रक्रिया पूरा गरी आजैदेखि मतगणना सुरू गरौं भन्ने छ,’ घिमिरेले भन्नुभयो ।

इलाम–२ को मतगणना सदरमुकामस्थित सिटी हलमा हुनेछ । त्यहाँ तारजालीदेखि सिसी क्यामेरासम्म सबै पूर्वाधारसहित मतगणनास्थललाई सुरक्षित बनाइएको घिमिरेले जानकारी दिनुभएको छ ।

’मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक गरी मतगणना सुरू गर्नेबारे निर्णय हुन्छ,’ उहाँले भन्नुभयो ।

मतपेटिका ल्याउन अप्ठ्यारो नभएको र सबै केन्द्रहरूमा सडकबाटै मतपेटिका ल्याउन सकिने भएकाले आजै गणना सुरू गर्न सम्भव रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

इलाममा यसपालि करिब ५७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । इलाम क्षेत्र नं २ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । ‘५ बजेपछि मतदानको समय सकिएको छ ।’ प्रजिअ यादवले भन्नुभयो, ‘५७ प्रतिशत मत खसेको छ । करिब ६६ हजार मत खस्यो । मतदान शान्तिपूर्ण, भयरहित, निश्पक्ष र स्वच्छ रुपमा सकियो ।’ यहाँ एक लाख १५ हजार ८ सय ८९ मतदाता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय