इलाममा मत गणनाको तयारी,सर्वदलिय बैठक बस्दै

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसकेको र कुल ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मतदान भएको जानकारी गराएको छ।

कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र अन्य दुईले मतदान गरेका छन्। सो क्षेत्रमा ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई अन्यसहित एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए। २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मत खसेको थियो।

इलाम–२ मा ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान भएको थियो। उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

उनकाअनुसार मतगणना आज बिहानबाट सुरु गर्ने तयारी छ। आज बिहान ४ बजेसम्ममा सबैतिरबाट मतपेटिका ल्याइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको छ।

७ बजे सर्वदलीय बैठक बसेर आजैबाट मतगणना गरिने प्रजिअ यादवले बताए।

मतगणनाका लागि इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह ९सिटी हल० तयार गरिएको छ। सिटी हलको एक कोठामा तार जाली लगाएर गणक मात्र भित्र बस्न मिल्ने बनाइएको छ।

मतपेटिका भण्डारणका लागि सभाहलको भित्री भाग तयार गरिएको छ। यस्तै, प्रतिनिधिलाई बाहिर बस्ने ठाउँ मिलाइएको छ। मतगणनास्थलमा ११ वटा सिसिक्यामेरा जडान गरिएको छ।

मतगणनास्थलमा भिडभाड हुन नदिन चोक बजारमा रहेको डिस्प्लेमा मतगणनाको परिणाम देखाइने भएको छ। यसका लागि प्राविधिक तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ। मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गर्ने तयारी छ।

२०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो। उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय