इलाम उपनिर्वाचनः दुई पालिकामा एमाले अघि

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,१७वैशाखः इलाम क्षेत्र २ को शनिवार सम्पन्न मतदानको मतगणनामा नेकपा (एमाले)का उम्मेद्वार सुहाङ नेम्बाङले दुई वटा पालिकाबाट अग्रता कायम गर्नुभएको छ । फाकफोकथुम र चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिका–१ को मतगणना सकिँदासम्म कांग्रेस उम्मेद्वार डम्बर बहादुर खड्कालाई दुई हजार छ सय १८ मतान्तरले पछि पार्दै सुहाङले मतान्तर फराकिलो पार्नुभएको हो ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार, सुहाङले आठ हजार ८ सय ९८ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका खड्काले छ हजार २ सय ८० मत प्राप्त गर्नुभएको छ । यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले चार हजार ६ सय ३४ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बूको अहिलेसम्ममा एक हजार ३ सय ५ मत आएको छ ।
माङ्सेबुङ वडा २ को मतगणना जारी छ ।

यो क्षेत्रका छ पालिकाका ४२ वटा वडामध्ये अहिलेसम्म १२ वटा वडाको गणना सकिएको हो । क्षेत्र २ मा ६९ हजार २ सय ८७ मत खसेकोमा अहिलेसम्ममा १८ हजार ९४८ मत गणना भइसकेको छ । यो क्षेत्रमा एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय