सूर्योदयमा धमाधम स्वास्थ्य शिविर

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः नागरिकको स्वास्थ्य परिक्षण गरेर रोग पहिचान गर्न सूर्योदय नगरपालिकाले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । नगरपालिकाले वडा वडामा स्वास्थ्य शिविर गरिरहेको बताउँदै नगरप्रमुख रणबहादुर राईले यो महिनामात्र ४ सय ८४ जनाको स्वास्थ्य परिक्षण गरिएको जानकारी दिनुभएको छ । पुरूषहरूको पोष्ट्रेट, महिलाहरूको पाठेघर साथै बाझोपन, मानसीक रोग लगायत विभिन्न रोगहरूको चेकजाँच भैरहेको बताईएको छ।

समयमा नै रोग पहिचान हुनसके उपचार सम्भव हुने हुँदा स्वास्थ्य शिविर मार्फत नागरिकको रोग थाहा पाउन पालिकाले खर्च गरेको प्रमुख राई बताउनुहुन्छ । ‘स्वास्थ्य शिविर भन्ने वित्तिकै सित्तैमा भएको कुरा राम्रो हुदैन भन्ने भ्रम पनि छ।’ राईले भन्नुभयो, ‘त्यो सित्तैमा होइन नगरपालिकाको सम्वन्धित शाखाले निकै खर्च गरेर हेरीबुझी विशिष्ट चिकित्सकहरू ल्याएका हुन्छन् ।’

खानपिनमा सचेत भए रोगबाट टाडा रहन सकिने भन्दै राईले स्वास्थ्यमा संवेदनशील बन्न आग्रह गर्नुभएको छ । ‘हामी आर्थिक रूपमा अलि राम्रो भयौँ भने जिब्रोले रोजेका राम्रा भोजनतिर ध्यान दिन्छौँ तर कहिल्यै पोषण र स्वास्थ्यको बारेमा रोग नलागुन्जेल सोच्दैनौ यसले स्वास्थ्यमा ठुलो असर गरिरहेको थाहा हुँदैन ।’ राईले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय