गोबिन्द पौडेल,रोङः परिपक्क जिवनको शुरुआत ठानिने बिवाह अनेकन प्रकारले गरिन्छ तर इलामको रोङमा विवाहउत्सवमा नया संस्कृति फैलिँदै गएको छ ।
सामान्यतया जीवनमा एकपटक गरिने बिवाहमा तडक भडकको होड नै हुन्छ । बिवाहपछि चुरलुम्म ऋणमा फसेर उन्मुक्तिका बिबिध उययाहरु गरिन्छ । कसैले लोकप्रिताको लागि बिना खर्चमा बिबाह सकियो भनेर चर्चा पनि गरिने गरेको छ । जसरी भएपनिबिना खर्च बिबाह हुने त होईन नै तर पनि रोङ गाउँपालिकामा भने आफ्नो बिबाहउत्सवलाई स्मरणिय बनाउन शैक्षिक प्रोत्साहन कार्यमा लगानि थालिएको छ ।
गत साता मात्रै रोङ १ का नवबिबाहित युवा कानुन ब्यवसायी बिकास जंग कार्किले आफ्नो बिवाहको अवसर पारि प्रतिबर्ष रु १० हजारको दरले १० बर्ष सम्म रोङ गाउँपालिका भित्रका सामुदायिक बिधालयबाट परिक्षामा पहिलो हुने बिद्यार्थी लाई उपलब्ध गराउनको लागि मुलुकी देवनि संहिता २०७४ को भाग ५ को परिच्छेद ६ बमोजिम गाउँपालिका संग दोहोरो सम्झौता गर्नु भएको रोङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो सुवासले बताउनुभयो।
नव बिबाहित कार्कीको अभियान अति उदहारणीय बनेको छ उहाँको प्रयत्नले वालबालिहरुको पठन पाठनलाई प्रतिस्पर्धि बनाउँदै गाउपालिकाको शैक्षिक सुधारमा सहयोगी बन्ने बिश्वास रहेको रोङ १ का वडाध्यक्ष मनोहरी खड्काको भनाई छ।
रोङ १ का बिकास जङ कार्किको उदहारणिय घोषणा को केहि दिनमै रोङ ६ का नवबिबाहित आशिष प्रधानले पनि त्यस्तै घोषणा गरि गाउँपालिकासँग सझौता गर्नुभयो । उहाँले आफ्नो बिबाहउत्सवलाई स्मरणिय र रचनात्मक बनाउन यस बर्ष रोङ गाउपालिकाका सामुदायिक बिद्यालयहरुमा अध्ययन गरि कक्षा ८ को पालिका स्तरिय परिक्षामा उच्चतम अक ल्याएका एकजनालाई नगद दश हजार पुरस्कार दिने भएको अध्यक्ष स्याङ्वोले बताउनुभएको छ।
रोङ गाउपालिकाले सामुदायिक बिद्यालय सुधारको लागि अनेकन कार्यक्रमहरु कार्यन्वयन गरेको छ ।अभिभावकहरुको लागि चेतना बृद्धि गर्न ूअभिभावक शिक्षाू,बिद्यार्थी नियमितता र बितिय साक्षरताको लागिू अध्यक्षसंग बिद्यार्थी, शिक्षकहरुलाई प्रबिधिमैत्रि र डिजिटल शिक्षाको लागि कम्प्युटर तालिम लगायतका कार्यक्रमहरु रहेको छ । यसमा थप सुधारको लागि पालिकाका हरेक नागरिकवाट यस्ता रचनात्मक सहयोग भएमा शैक्षिक सुधारमा सहयोगि बन्ने गाउँपालिकाले अपेक्षा गरेको छ ।