आगलागी रोकथामका उपाय

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख २२, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

– केटाकेटीले भेट्न सक्ने ठाउँमा सलाई, लाइटर जस्ता सामग्री नराख्नुहोस् ।
– भान्सामा खाना बनाउँदा ग्याँस वा आगो बल्ने अवधिभरि भान्सा छाडेर टाढा नजानुहोस् ।
– यथासम्भव ग्याँस सिलिण्डरलाई भान्सा कोठाभन्दा बाहिर नै राख्नुहोस् ।
– सिलिण्डरको पाइप, सिलिन्डर समय–समयमा जाँच गर्नुहोस्, कुनै खराबी वा टुटफुट पाउनु भएमा, तुरुन्त मर्मत गराउन लगाउनुहोस् ।
– खाना बनाइसकेपछि ग्याँसको रेगुलेटर बन्द गर्ने तथा समय–समयमा ग्याँस सिलिण्डर र पाइपको सरसफाइ गर्नुहोस् ।
– ग्याँस सिलिण्डर घर ल्याउन अघि सिल नभएको, तौल कमजस्तो लाग्ने, धेरै गन्हाउने ९लिक भएको शंकास्पद० सिलिण्डर नल्याउनुहोस् ।
– घरमा भएका विद्युत उपकरणहरू सही अवस्थामा छ÷छैन नियमित जाँच गर्नुहोस्, नाङ्गो टार, टुटेफुटेका स्विच, एक्सटेन्सन कर्डलाई मर्मत् तथा परिवर्तन गर्नुहोस् ।
– एक्सटेन्सन कर्डमा धेरै विद्युत खपत गर्ने ९आइरन, हिटर, फ्रिज, माइक्रोवेभ ओभन, मोटर० तथा अन्य धेरै उपकरण जोडेर एकैचोटि प्रयोग नगर्नुहोस् ।
– २ पिन स्विचको बदलामा सिधै नाङ्गो तार सकेटमा पसाएर विद्युतीय सामग्री प्रयोग कहिल्यै नगर्नुहोस् ।
– प्रयोग नभएको अवस्थामा विद्युतीय सामग्रीहरू सकेटबाट निकालेर अलग राख्नुहोस् ।
– राति सुत्ने बेलामा वा घर छाडेर बाहिर जानुपर्दा सम्पूर्ण विद्युतीय उपकरणहरू बन्द गरेरमात्र जानुहोस् । ९यसले तपाईंलाई आगलागीबाट सुरक्षामात्र होइन बिजुलीको खपतमा कमी ल्याउन पनि सहयोग पु¥याउँछ ।०
– हावा चलेको अवस्थामा खुला स्थानमा आगो नबाल्नुहोस्, बारी, बाटोमा बालिएको आगो पूर्ण रूपमा निभेको निक्र्यौल गर्नुहोस् ।
– घरमा पेट्रोल, डिजेल, मट्टीतेलको भण्डारण नगर्नुहोस् । ९यस्ता सामग्रीमा केटाकेटीको पहुँच रोक्नुहोस्०
– घरमा प्रज्ज्वलनशील पदार्थहरू राख्न परे यसलाई छुट्टै, उपयुक्त भाँडोमा राम्रोसँग बिर्को बन्द गरेरमात्र राख्नुहोस्, जहाँ आगोको स्रोत सहजै पुग्न नसकोस् ।
– केटाकेटीले जोखिम आँकलन गर्न सक्दैनन् उनीहरू खेल्ने क्रममा ठूला मानिसको नक्कल गरेर आगोको प्रयोग गर्न सक्दछन् केटाकेटीलाई मात्र घरमा एक्लै नछाड्नुहोस् ।
– घर तथा घर वरपर सरसफाइ कायम राख्नुहोस्
– घर, गोठ खाली छाडेर नजानुहोस्, आफू केही समयका लागि जानुपर्दा छिमेक वा आफन्तलाई हेरचाह गर्न आग्रह गर्नुहोस् ।
– कोठाभित्र चुरोट नखानुहोस् तथा जथाभावी चुरोटका ठूटा नफ्याँक्नुहोस् ।
अनेपक्षित आगलागीका पूर्व तयारी
– आफ्नो मोबाइलमा वा घरको टेलिफोन सम्पर्क सूचीमा वारुण यन्त्र ९दमकल० को नम्बर ०२५–५२०१९९ र ९८४२०३८२९९ सेभ गरेर राख्नुहोस् ।
– घरमा रहेका पानीका ट्याङ्की पूर्ण रूपमा रित्तो हुञ्जेल प्रयोग नगर्नुहोस्, आकस्मिक अवस्थाको लागि केही मात्रामा पानी जोहो गरेर राख्नुहोस् ।
– घरमा फायर ब्ल्याङ्केट ९भान्छामा०, फायर एक्स्टिनगुसर राख्नुहोस् ।
– कोठामा सिठी, टर्चलाइट सदैव तैयारी अवस्थामा राख्नुहोस् ।
– कोठामा खन्ती, झम्पल, मार्तलजस्ता सामग्री सुरक्षित साथ राख्नुहोस्, जसले आकस्मिक अवस्थामा झ्याल, ढोका फोडेर बाहिर निस्किन सकियोस् ।
– आफू बसेको घर वा कार्यालयमा आकस्मिक अवस्थामा कसरी सुरक्षित साथ बाहिरिन सकिन्छ त्यसको पहिचान तथा आँकलन गर्नुहोस् ।
– वन क्षेत्रमा डँढेलो लगाउने तथा चुरोट खाएर जथाभावी नफ्याक्नुहोस् ।
आगलागी भइहालेमा के गर्ने रु
– तपाईंले कुनै आगलागीको घटना देख्नु भएमा, तत्काल छेउछाउमा रहेका अन्य व्यक्तिलाई पनि खबर गर्नुहोस् र नियन्त्रणमा सहयोगका लागि आग्रह गर्नुहोस् ।
– आगलागी कसरी भएको जान्ने प्रयास गर्नुहोस् । ९विद्युतीय वा अन्य आगो०
– आगोको आकारमा विचार पु¥याउनुहोस्, आगो फैलन सक्ने र आगो तपाईंको नियन्त्रणमा आउने सम्भावना छैन भने तत्काल वारुण यन्त्रलाई खबर गर्नुहोस् ।
– विद्युतबाट आगो लागेको शङ्का लागेमा घरमा रहेको मेनस्विच तत्काल बन्द गर्नुहोस् ।
– विद्युतीयबाहेक अन्य सामान्य सानो आगलागी छ भने पानीको सहायताले निभाउने प्रयास गर्नुहोस् ।
– आगो कोठाभित्र लागेको छ र नियन्त्रण गर्न सम्भव छैन भने कोठाको ढोका बन्द गरिदिनुहोस् । ९यसले आगोलाई सहजरूपमा फैलन दिँदैन०
– आगलागी भएको स्थानमा अग्नि नियन्त्रक बाहेक अरूलाई प्रवेश गर्न नदिनुहोस् ।
– आफ्नो ज्यान जोखिममा राखेर आगलागी भएको स्थानबाट सामान निकाल्ने प्रयास नगर्नुहोस् ।
– आगलागी भएको स्थानदेखि नजिकै रहेको मुख्य चौकमा केही सहयोगीलाई वारुण यन्त्रलाई बाटो देखाउनका लागि पठाउनुहोस् ।
– आगलागीबाट केही सामग्री जोगाउन सकिन्छ भने त्यसलाई निकालेर सुरक्षित स्थानमा राखिदिनुहोस् ।
व्यक्तिगत घर तथा कार्यलयहरूमा पनि सुरक्षाको लागि बजारमा सहज र सुपथ मूल्यमा उपलब्ध हुने फायर एक्स्टिनगुसर, फायर ब्ल्याङ्केट राख्न सकिन्छ जसले आगलागीको शुरुवाती समयमा नै आगलागीलाई नियन्त्रण गरी जन–धनको थप क्षति हुनबाट रोक्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय