सन्दकपुरमा कृषि एम्बुलेन्स संचालन गरिने

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलामको सन्दकपुर गाउँपालिकाले कृषि एम्बुलेन्स संचालनका लागि प्रस्ताव आह्वान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को संघीय सरकारबाट हस्तान्तरण भएको सशर्त तर्फको स्वीकृत कृषि तथा पशुपन्छी बजारीकरणको लागि कृषि एम्बुलेन्स कार्यक्रम मार्फत कृषि एम्बुलेन्स संचालनको लागि प्रस्ताव माग गरेको हो ।

प्रमुख प्रशासकिय अधिकृत यादव राउतले सुचना जारी गर्दै अधिकतम ७५ प्रतिशत वा बढिमा १९ लाख ७५ हजार रुपैयाँ अनुदानमा कृषि एम्बुलेन्स ९कृषि उपज ढुवानी साधन० संचालन गर्न इच्छुक कृषक समूहरकृषि सहकारीहरुबाट प्रस्ताव माग गरिएको जनाए । कृषि एम्बुलेन्स संचालन गर्न चाहनले बैशाख २३ गतेबाट १५ दिनभित्र कृषि शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

कृषि एम्बुलेन्स संचालन गर्न निवेदन सहित कृषक समूह÷कृषि सहकारीहरुको दर्ता तथा आ।व। २०८०÷८१ को नवीकरण गरेको प्रमाणपत्रको प्रतिलिपि, कार्ययोजना सहितको प्रस्ताव, स्थायी लेखा नम्बरको प्रतिलिपी, गत आर्थिक वर्षको लेखा परिक्षण र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी, सामुहिक निर्णयको प्रतिलिपी, प्रतिबद्दता पत्र , सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र र स्व–घोषणा पत्र आवश्यक रहने जनाइएको छ ।

सन्दकपुर गाउँपालिका पहाडी भूगोल भएकाले सडकको कठिनाईले गर्दा किसानहरुले उत्पादन गरेको उपज बजारसम्म लगेर विक्री वितरण गर्न समस्या पर्दै आएको थियो । एम्बुलेन्स पाएपछि स्थानीय कृषकहरु उत्पादन गर्ने सामग्री विक्री नभएर बारीमै कुहाउनुपर्ने बाध्यता अन्त्य हुने वडाध्यक्ष सनम राईले बताए । fromlocalsxandesh.com

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय