उपचुनावको नतिजा मिसन ०८४ को सफलता सुरूवातः ओली

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपचुनावको नतिजा मिसन ०८४ तर्फ सफलताको सुरुवात भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले उपचुनावमा दुवै सिट एमालेले जितेको स्मरण गरे । १५ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि इलाम(२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ ९१० मा भएको उपचुनाव एमालेले जितेको थियो ।

एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न चाहेको भन्दै उनले भने, ‘उपचुनावको नतिजा मिसन ०८४ तर्फ सफलताको सुरुवात हो । मिसन ०८४ लाई सफल पारेर छाड्छौं ।’onlinekhabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय