माईजोगमाई अध्यक्षकपः फाकफोकथुमलाई हराउँदै सूर्योदय अन्तिम ८ मा प्रवेश

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम । गत संस्करणको उपविजेता फाकफोकथुम गाउँपालिकालाई हराउँदै सूर्योदय नगरपालिका दोश्रो माईजोगमाई गाउँपालिका अध्यक्षकप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको दोश्रो प्रि–क्वाटरफाइनल खेलमा सूर्योदयले २–० गोल अन्तरको जित निकालेको हो । सूर्योदयको जितमा पाल्देन तामाङ र सौरभ कार्कीले गोल गरे । खेलको ८ औ मिनेटमा पाल्देनले सूर्योदयलाई अग्रता दिलाए । ६१ औ मिनेटमा कप्तान अर्जुन गुरुङको कर्नर प्रहारलाई हेडर मार्फत गोल गर्दै सौरभले अग्रता दोब्बर बनाए ।

खेलको म्यान अफ दि म्याच सूर्योदयका कप्तान गुरुङ घोषित भए । जितसंगै सूर्योदयले माई नगरपालिकासंग भेट पक्का गरेको छ । प्रतियोगितामा  बिहिबार पहिलो क्वाटरफाइनल खेलमा घरेलु टिम माईजोगमाई गाउँपालिका र रोङ गाउँपालिका तथा दोश्रो क्वाटरफाइनल खेलमा देउमाई नगरपालिका र चुलाचुली गाउँपालिका भिड्नेछन् ।

माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषदको आयोजनामा बालागुरु खेलमैदानमा आगामी बैशाख ३१ गतेसम्म प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिताको बिजेताले २ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख २१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय