सूर्याेदयका लम्पी स्किन रोगबाट पशुक्षति भएका किसानलाई एक करोड राहत

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख २७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी
इलाम,२७वैशाखः सूर्याेदय नगरपालिकाले लम्पी स्किन रोगबाट पशुक्षति भएका किसानलाई बुधबार राहत वितरण गरेको छ । नगरले करिब पाँच सय किसानलाई एक करोड रुपैयाँको राहत वितरण गरेको नगरप्रमुख रणबहादुर राईले बताउनुभएको छ ।

‘पाँच सय ४० पशु मरेका चार सय ९३ किसानलाई राहत वितरण गरेका छौँँ ।’ नगरप्रमुख राईले भन्नुभयो, ‘लम्पी स्किन रोग लागेका सबै पशुलाई निःशुल्क रूपमा खोप पनि उपलब्ध गराईएको छ ।’ प्रत्येक किसानलाई पाँच हजारदेखि ८० हजार रुपैयाँसम्मको राहत वितरण गरिएको नगरप्रमुख राईको भनाई छ ।

‘लम्पी स्किनविरुद्धको मात्र नभई खोरेतविरुद्धको खोप पनि हामीले निःशुल्क रूपमै लगाएका छौं,’ राईले भन्नुभयो, ‘पशुलाई खोरेतमुक्त बनाउन नगरले अभियान नै चलाइरहेको छ ।’ उहाँँले गाईलाई निःशुल्क रूपमा ‘सेक्स्ड सिमेन’ नपाएका र पशु क्षति भएका किसानलाई राहत वितरण गरिएको बताउनुभयो ।

‘हामीले दिएको राहत किसानलाई पुग्दो भने होइन,’ उहाँले भन्नुभयो, ‘किसानलाई पशु क्षतिमा मलम लगाउन हामीले सहयोग गरेका हौं ।’ सूर्याेदय नगरपालिका–१ मकरजुङका उदय खड्का गाई मरेको एक बर्षपछि राहत पाउँदा उत्साहित हुनुहुन्छ । ‘रोगले गाई मरेको एक बर्ष भयो । तर, ऋण तिर्न अझै बाँकी छ ।’ खड्काले भन्नुभयो, ‘नगरपालिकाले राहत दिएको छ । अब गाईको ऋण चुक्ता गर्छु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय