कांग्रेसको तयारीः रविपछि गगन बोल्ने र संसद् अवरुद्ध गर्ने

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिइसकेपछि बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

दलीय प्रतिनिधित्वको आधारमा सभामुखले बोल्न दिएपछि नेपाली कांग्रेसको तर्फबाट रामहरि खतिवडाले बोल्नेछन् । उनले सहकारी छानबिन समितिको माग गर्ने र गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने धारणा राख्नेछन् ।

त्यसपछि सभामुखले रास्वपा सभापति समेत रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले बैठकमा धारणा राख्न समय दिनेछन् ।

रविको बोलीमा असहमति जनाउँदै कांग्रेस सांसदहरूले ढ्याप–ढ्याप गर्दै उठेर बोल्ने समय माग्नेछन् । सभामुखले बोल्न दिएपछि महामन्त्री गगन थापाले कांग्रेसको धारणा राख्नेछन् । त्यसपछि बैठक अवरुद्ध गर्ने कांग्रेसले तयारी गरेको छ ।

कांग्रेसको आजको बैठकले संसदीय छानबिन समितिलाई बटमलाइन बनाउने निर्णय पनि गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति बनाउन सरकार सकारात्मक नभए सदनको बैठक प्रभावित हुने बताए । उनले भने, ‘त्यस्तो अवस्था आए सम्पूर्ण जिम्मा सरकारले लिन्छ ।’  fromonlinekhabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय