इलामे गायक रगुनको ‘एक आना दुई आना’ सार्वजनिक(भिडियो सहित)

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलामे गायक रगुन गुरुङले नयाँ गित ‘एक आना दुई आना’ सार्वजनिक गरेका छन् ।  बुद्ध वीर लामाको रचना र बलराम समालको सङ्गीत संयोजन रहेको गितलाई गुरुङले स्वर दिएका हुन् ।

प्रेमिका फकाउन प्रेमिको प्रस्ताव झल्किने गरि रचना गरिएको उक्त गितमा नयाँ पिडीका युवालाई आकर्षित गर्नेगरि भिडियो तयार पारिएको छ ।
सूर्योदय नगरपालिकालाई पर्यटन प्रवर्धन गर्ने उदेश्य लिएर स्थानीय रमणीय स्थल बुद्धपार्क, काजीफाटक लगायत ठाउँमा छायांकन गरिएको छ ।
महेन्द्र गुरुङ र लक्ष्मी राईको मोडलिङ रहेको गितमा सन्तोष रानाको छायांकन, सन्दीप प्रधानको सम्पादन र संकोच श्रेष्ठको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय