
इलामः बुलन्द मल्टिटेनिकल मिडिया प्रा।लि इलामले नयाँ बुलन्दकर्मी एबम् इलामका क्रियाशील पत्रकार प्रकाश नेपाललाई पुरस्कृत गरेको छ । बुलन्द मल्टिटेनिकल मिडिया प्रा।लि इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको आठौ वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार (२०८१ बाट नेपाल पुरस्कृत भएका हुन ।
हिमालय टाईम्स राष्ट्रिय दैनिकका र इमेज टेलिभिजनका जिल्ला संवाददाता नेपाल नयाँ बुलन्द डटकमका उपसम्पादक समेत हुन । सोमबार इलामको माङसेबुङमा आयोजित कार्यक्रममा नेपाल सम्मानित भएका हुन । उनलाई प्रमुख अतिथी माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले दोसल्ला र सम्मानपत्र सहित नगद पुरस्कार प्रदान गरेका थिए ।



पत्रकारिताका माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै नेपाललाई सम्मान सहित पुरस्कृत गरिएको नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले बताए । ‘नागरिकलाई सूचनाको हक प्रत्याभूति गराउन पुर्याएको महत्वपूणर् योगदानको कदर गर्दै सम्मान सहित पुरस्कृत गरिएको हो’ सम्पादक योङहाङले भने, ‘वार्षिक रूपमा एकजना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्नेछौँ ।’
कार्यक्रमको अवसरमा बुलन्दको बार्षिक क्यालेन्डर समेत सार्वजनिक गरिएको थियो ।