रोशन काफ्ले
नयाँबजारः इलामको माईजोगमाई गाउँपालिका २ स्थित कागे महादेव सामुदायिक वन हिउँदे खोल्सिमा बहुमुल्य लोपोन्मुख चाँपको सातवटा टुना अवैध रुपमा काटिएको अवस्थामा फेला परेको छ ।
विशेष सूचनाको आधारमा वन कार्यालय र्माईजोगमाईका कर्मचारी , माईजोगमाई २ का वडाध्यक्ष डम्बरबहादुर सुवेदी तथा वन समिति साथै स्थानीयको संयुक्त टोलिले गस्ती गर्दै जाँदा चाँपका रुखहरु ढालेर टुना बनाएको अवस्थामा व्यबहारिसे अवस्थामा फेला पारेका हुन् ।
जिल्ला वन कार्यालय इलाम मार्फत उक्त वन उपभोक्ता समितिको मातहतमा लामो समय देखि वन उपभोग गर्दै आएका गरिव व्यक्तिहरुलाई आवश्यक काठपात दिने गरेर कार्ययोजना बनाएर अहिले निवेदन दिएका व्यक्तिहरुलाई समितिले काठ दिने र काठ काट्दै गर्दा त्यहि मौका छोपेर अन्यत्र कटान आदेश नभएको रुख ढलान गरि टुना बनाएर चोरी गरेको पुष्टि गरिएको माईजोगमाई २ का वडाध्यक्ष सुवेदिले जानकारी दिए । वडाले चोरी निकासिमा संलग्न व्यक्तिहरुको खोजी कार्य गरिरहेको समेत सुवेदिले बताए ।
यता डिभिजन वन कार्यलयका सुचना अधिकारिलाई फोन गर्दा फोन नउठेपछी वनका कर्मचारिहरुले बरामद गरिएको काठ कानुनी प्रक्रियामा गैसकेको बताए ।